बाराको बारागढी गाउँपालिकामा कृषि तथा पशुपन्छी सेवा केन्द्र भवन शनिबार एक विशेष समारोहबीच उद्घाटन तथा हस्तान्तरण गरिएको छ ।
नेपाल सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गत ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना (आरईईडी परियोजना) आर्थिक करिडोर कार्यालय बर्दिवास, महोत्तरीमार्फत सो भवन निर्माण भएको हो । नवनिर्मित भवनको उद्घाटन गाउँपालिकाका अध्यक्ष अशोककुमार जयसवालले गर्नुभयो । आर्थिक करिडोर कार्यालय बर्दिवासका प्रमुख राजेश साहले भवन गाउँपालिकाका अध्यक्ष जयसवाललाई हस्तान्तरण गर्नुभयो ।
चार करोड ३२ लाख ६५ हजार ३६ रुपैयाँ २१ पैसाको लागतमा बनेको सो भवनबारे जानकारी हरिनारायण साहले दिनुभयो ।
राजेश साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मीदेवी राय, वडा अध्यक्षहरू, कर्मचारी, समाजसेवी तथा स्थानीयवासीहरूको उपस्थितिले कार्यक्रमलाई विशेष बनाएको थियो ।