नेपाली बजारमा शुक्रबार सुन र चाँदी दुबैको मूल्यमा सामान्य वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सुन तोलामा ६०० रुपैयाँले महँगिएको हो । शुक्रबार छापावाल सुनको मूल्य तोलामा २ लाख ३८ हजार ४०० रुपैयाँ पुगेको छ । बिहीबार यसै सुनको मूल्य तोलामा २ लाख ३७ हजार ८०० रुपैयाँ थियो । यस्तै तेजाबी सुनको मूल्य तोलामा २ लाख ३७ हजार ७५० रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।
त्यसैगरी, चाँदीको मूल्य पनि बढेको छ । बिहीबार तोलामा ३ हजार १० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार तोलामा ३ हजार २० रुपैयाँ पुगेको छ ।
अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीको मूल्यमा देखिएको सामान्य उतार–चढाव, अमेरिकी डलरको विनिमय दर, र आयात–निर्यातको सन्तुलनजस्ता कारकहरूले पनि नेपाली बजारमा मूल्य वृद्धि भएको व्यवसायीहरू बताउँछन् ।