जनकपुरमा सात वर्षीया एक बालिकासंग बलात्कार गरेको आरोपमा ६७ वर्षीय वृद्धलाई प्रहरीले पक्राउ गरेको छ ।
आरोपी रामभगत साह बालिका बस्ने नगरपालिका कै निवासी हुन् । घटनाको दिन बालिका एक्लै भएको अवस्थामा आरोपी साहले अवसर पारी बलात्कार गरेकाे आरोप लागेकाे छ । स्थानीय बासिन्दाहरूले उनलाई घटनास्थलबाट भाग्दै गरेको अवस्थामा समातेर प्रहरीलाई बुझाएका हुन् ।
घटनाबारे इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक राजाराम यादवले पुष्टि गर्दै आरोपीलाई हिरासतमा लिई अनुसन्धान अघि बढाइएको जानकारी दिए ।
पीडित बालिकालाई प्रादेशिक अस्पताल जनकपुरधाममा स्वास्थ्य परीक्षण भइरहेको प्रहरीले जनाएकाे छ ।