काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउको विषयमा बढ्ता हो–हल्ला गर्न जरुरी नभएको बताएका छन् ।
काठमाडौंमा सुरु भएको ‘हिमाल, मानिस र जलवायुसम्बन्धी विज्ञहरुको अन्तर्राष्ट्रिय संवाद’ कार्यक्रम उद्घाटनपछि सञ्चारकर्मीका प्रश्नको जवाफ दिदै उनले प्रतिसोध साँधेको आरोप गलत भएको बताएका हुन् । प्रमले भने "सिरोहिया पक्राउ पर्नु अदालतले चाहिँ प्रकृया अगाडी बढाऊ भनेपछि अदालति प्रकृया बुझेको छु मैले बढ्ता हो हल्ला गर्न जरुरी लाग्दैन मलाई । सरकारसंग वहाँको के को रिसबी ?
गृहमन्त्री व्यक्तिगत रुपमा लाग्नु भनेको गल्त कुरा हो त्यो मान्छेले भन्ने कुरा हो । अदालति प्रकृयाबाट वहाँ निर्दोष हुनुहुन्छ, सजिलै छुट्नु हुन्छ । यो हल भई नै हाल्छ ।"