नेपाली बजारमा सोमबार सुनचाँदीको भाउ घटेको छ । हिजो आइतबार सुन प्रतितोला २ हजार ३ सय रुपैयाँले बढेको भए पनि आज सोमबार ३ हजार रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ३ लाख २ हजार ८ सय रुपैयाँ कायम छ । हिजो आइतबार सुन तोलामा ३ लाख ५ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, चाँदीको भाउ पनि घटेको छ । सोमबार चाँदीको भाउ तोलामा १ सय २५ रुपैयाँले घटेर ४ हजार ८ सय ६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।