शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
Dashain Banner
Dashain Banner
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • ट्रेन्डिङ
  • #कारागार चलान
  • #२ अर्ब ३९ करोड
  • #जिल्ला अदालत पर्सा
  • #धरौटीमा रिहा
  • #शंकास्पद वित्तीय कारोबार
  • #सागरकुमार साह
  • #उपेन्द्रकुमार साह
  • #सरकारी वकिल कार्यालय
  • #वित्तीय अपराध
यहाँ खोज्नुहोस्
your add here your add here
अर्थ बाणिज्य
  • गृहपृष्ठ
  • अर्थ बाणिज्य
  • सरकारको पहिलो ६ महिनामा ६ खर्ब ९० अर्ब रुपैयाँ खर्च, सामान्य प्रशासनिक सेवामा सबैभन्दा बढी खर्च
सरकारको पहिलो ६ महिनामा ६ खर्ब ९० अर्ब रुपैयाँ खर्च, सामान्य प्रशासनिक सेवामा सबैभन्दा बढी खर्च
वीरगंज सिटी
वीरगंज सिटी सोमबार, फागुन ४, २०८२
A1 Beakery Add A1 Beakery Add

सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ६ महिनामा कुल ६ खर्ब ९० अर्ब रुपैयाँ खर्च गरेको छ । अर्थ मन्त्रालयका अनुसार कार्यगत खर्चको विश्लेषण गर्दा सबैभन्दा बढी रकम सामान्य प्रशासनिक सेवामा खर्च भएको देखिएको छ ।

कार्यगत खर्चमा चालु र पूँजीगत दुवै प्रकृतिको खर्च समेटिएको हुन्छ । यस अन्तर्गत सामान्य प्रशासनिक सेवामा मात्र ४ खर्ब ३ अर्ब ६९ करोड ९९ लाख रुपैयाँ खर्च भएको छ, जुन कुल बजेट खर्चको करिब ५८.५ प्रतिशत हो । यस शीर्षकमा विभिन्न तहका सरकारलाई गरिएको हस्तान्तरण पनि समावेश छ । पुस मसान्तसम्म १ खर्ब ९० अर्ब रुपैयाँ हस्तान्तरण गरिएको तथ्यांक छ ।

त्यस्तै, सार्वजनिक ऋण कारोबारमा १ खर्ब ५५ अर्ब १५ करोड खर्च भएको छ । कार्यकारी र विधायी निकाय, आर्थिक तथा वित्तीय र वैदेशिक मामिलामा ३८ अर्ब ६१ करोड, सामान्य सेवामा १८ अर्ब २३ करोड रुपैयाँ खर्च भएको अर्थ मन्त्रालयले जनाएको छ ।

सामान्य प्रशासनिक खर्च अघिल्लो वर्ष सोही अवधिको तुलनामा ३.०१ प्रतिशत बढेको छ । गत वर्ष यस अवधिमा ३ खर्ब ९१ अर्ब रुपैयाँ खर्च भएको थियो ।

Add Sarwotam HospitalAdd Sarwotam Hospital

सरकारले चालु आवको कुल १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ बजेट कार्यान्वयन गरिरहेको छ । ६ महिनामा भएको कुल खर्च यसको ३५.१४ प्रतिशत मात्रै हो । यसमध्ये चालु खर्च ४१.२५ प्रतिशत, पूँजीगत खर्च १२.१२ प्रतिशत र वित्तीय व्यवस्थामा ४०.९५ प्रतिशत खर्च भएको छ । गत वर्षको तुलनामा यस वर्ष ६ महिनामा कुल बजेट खर्च ३.३९ प्रतिशतले बढेको छ ।

रक्षा र सार्वजनिक शान्ति सुरक्षामा खर्च

सरकारले पहिलो ६ महिनामा रक्षा क्षेत्रमा २८ अर्ब ३३ करोड ६७ लाख रुपैयाँ खर्च गरेको छ । यो रकम सैनिक सुरक्षा, नागरिक सुरक्षा र अन्यमा वर्गीकरण नभएको कुल खर्च हो । गत आव सोही अवधिको तुलनामा रक्षा खर्च ५.९४ प्रतिशतले बढेको छ ।

सार्वजनिक शान्ति सुरक्षामा भने ३६ अर्ब ५० करोड रुपैयाँ खर्च भएको छ । यसमा प्रहरी सेवा, अग्नि नियन्त्रण सेवा, न्यायालय, कारागार, अनुसन्धान तथा विकास र अन्य खर्च समावेश छन् । यसमा ३.३० प्रतिशत वृद्धि भएको तथ्यांकले देखाएको छ ।

आर्थिक मामिला, वातावरण र सामुदायिक विकास

आर्थिक मामिला शीर्षकमा ६ महिनामा ६९ अर्ब ४० करोड रुपैयाँ खर्च भएको छ । यसमा सामान्य आर्थिक, व्यापारिक, श्रम, कृषि, वन, मत्स्यपालन, इन्धन, ऊर्जा, खानी, उत्पादन, यातायात, सञ्चार, अन्य उद्योग तथा अनुसन्धान र विकासको खर्च समावेश छ । गत वर्षको सोही अवधिको तुलनामा ११.०९ प्रतिशत गिरावट आएको छ ।

वातावरण संरक्षणमा ६६ करोड ६१ लाख खर्च भएको छ । फोहोर व्यवस्थापन, ढल व्यवस्थापन, जैविक विविधता संरक्षण र भूसंरक्षणमा यो रकम प्रयोग भएको हो । आवास र सामुदायिक सुविधामा ७ अर्ब ५ करोड खर्च भएको छ । यसमा आवास विकास, सामुदायिक विकास, खानेपानी र अनुसन्धानका काम समावेश छन् ।

शिक्षा र स्वास्थ्यमा वृद्धि

शिक्षा र स्वास्थ्य क्षेत्रमा यस वर्ष बजेट खर्च बढेको छ । स्वास्थ्य क्षेत्रमा ६ महिनामा २५ अर्ब २२ करोड ८३ लाख खर्च भएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १८.५२ प्रतिशत बढी हो । स्वास्थ्य खर्चमा औषधि उत्पादन, उपकरण, बहिरङ्ग सेवा, अस्पताल सेवा, जनस्वास्थ्य सेवा र अनुसन्धान समावेश छन् ।

शिक्षामा ६ महिनामा २८ अर्ब १० करोड खर्च भएको छ, जुन अघिल्लो वर्षको तुलनामा १२.६० प्रतिशतले बढी हो । यसमा पूर्व-प्राथमिक तथा प्राथमिक शिक्षा, अनौपचारिक शिक्षा, सहायक सेवा र अनुसन्धानमा बढी खर्च भएको छ ।

सामाजिक सुरक्षा र मनोरञ्जन

सामाजिक सुरक्षामा ८९ अर्ब ६३ करोड रुपैयाँ खर्च भएको छ, जुन अघिल्लो वर्षको तुलनामा १४.४८ प्रतिशत बढी हो। मनोरञ्जन, संस्कृति तथा धर्मतर्फको खर्च भने १ अर्ब ५८ करोड मात्र भएको छ, जुन ११.०५ प्रतिशतले घटेको छ ।


प्रकाशित मिति: सोमबार, फागुन ४, २०८२  १८:१४
#नेपाल सरकार #स्वास्थ्य #मनोरञ्जन #शिक्षा #सामाजिक सुरक्षा #वातावरण संरक्षण #आर्थिक वर्ष २०८२/८३ #बजेट खर्च #सामुदायिक विकास #सामान्य प्रशासन
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप अर्थ बाणिज्य
बैंकमा पैसा थपिँदै, कर्जा प्रवाह पनि बढ्न थाल्यो
बैंकमा पैसा थपिँदै, कर्जा प्रवाह पनि बढ्न थाल्यो शुक्रबार, असोज ३०, २०८३
नेपाली बजारमा सुन सस्तियो, तोलामा ११०० रुपैयाँको गिरावट
नेपाली बजारमा सुन सस्तियो, तोलामा ११०० रुपैयाँको गिरावट बिहीबार, असोज २९, २०८३
झोलुंगे पुल भत्किँदा ७ करोड ५० लाखको क्षति, मर्मतमा २० करोड लाग्ने
झोलुंगे पुल भत्किँदा ७ करोड ५० लाखको क्षति, मर्मतमा २० करोड लाग्ने बुधबार, असोज २८, २०८३
बारामा ११ लाख ४६ हजारको भन्सार छलीका सामान बरामद, एक जना पक्राउ
बारामा ११ लाख ४६ हजारको भन्सार छलीका सामान बरामद, एक जना पक्राउ बुधबार, असोज २८, २०८३
चाडपर्वका लागि वीरगन्ज नाकाबाट १० हजार टनभन्दा बढी चिनी भित्रियो
चाडपर्वका लागि वीरगन्ज नाकाबाट १० हजार टनभन्दा बढी चिनी भित्रियो मंगलबार, असोज २७, २०८३
सुनको मूल्यमा लगातार गिरावट, दुई दिनमा ४ हजार ३ सयले सस्तियो
सुनको मूल्यमा लगातार गिरावट, दुई दिनमा ४ हजार ३ सयले सस्तियो मंगलबार, असोज २७, २०८३
Multani Cream Add Multani Cream Add
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
वीरगंज–११ मा सामान्य वर्षामै जलमग्न सडक, वडा अध्यक्षकै घर जाने बाटोमा पानीको निकास छैन
वीरगंज–११ मा सामान्य वर्षामै जलमग्न सडक, वडा अध्यक्षकै घर जाने बाटोमा पानीको निकास छैन वीरगंज सिटी
सुपौली प्रशासनको सेवा अस्तव्यस्त, एक महिनापछि प्रमुख पठाउन लागिएको जिप्रकाकाे दाबी | Supauli Parsa | (भिडियो रिपोर्ट)
सुपौली प्रशासनको सेवा अस्तव्यस्त, एक महिनापछि प्रमुख पठाउन लागिएको जिप्रकाकाे दाबी | Supauli Parsa | (भिडियो रिपोर्ट) वीरगंज सिटी
वीरगंजको सूर्या हस्पिटलमा सुत्केरीको दुवै मिर्गौला फेल, स्वास्थ्य मन्त्रालय र मेडिकल काउन्सिल मौन (भिडियाे रिपाेर्ट)
वीरगंजको सूर्या हस्पिटलमा सुत्केरीको दुवै मिर्गौला फेल, स्वास्थ्य मन्त्रालय र मेडिकल काउन्सिल मौन (भिडियाे रिपाेर्ट) वीरगंज सिटी
Titan Birgunj Titan Birgunj
समाज
वीरगंज भन्सारका लिलामीका सामान सस्तोमा मिलाइदिने भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ
वीरगंज भन्सारका लिलामीका सामान सस्तोमा मिलाइदिने भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ वीरगंज सिटी
प्याडमा लागुऔषध लुकाएर कारागार पुगेका दिदीबहिनी पक्राउ
प्याडमा लागुऔषध लुकाएर कारागार पुगेका दिदीबहिनी पक्राउ वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
वीरगंजको मेनरोड विस्तारका लागि दुई खण्डमा ठेक्का आह्वान, मितेरी पुलदेखि घण्टाघरसम्म र घण्टाघरदेखि गण्डकसम्मकाे सडक निर्माणका लागि बाेलपत्र आह्वान
वीरगंजको मेनरोड विस्तारका लागि दुई खण्डमा ठेक्का आह्वान, मितेरी पुलदेखि घण्टाघरसम्म र घण्टाघरदेखि गण्डकसम्मकाे सडक निर्माणका लागि बाेलपत्र आह्वान वीरगंज सिटी
वीरगंज भन्सारका लिलामीका सामान सस्तोमा मिलाइदिने भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ
वीरगंज भन्सारका लिलामीका सामान सस्तोमा मिलाइदिने भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ वीरगंज सिटी
दशैं सुरु भएसँगै वीरगंजको घण्टाघरमा बोका–खसीको कारोबार
दशैं सुरु भएसँगै वीरगंजको घण्टाघरमा बोका–खसीको कारोबार वीरगंज सिटी
Dav Rb Kedia Ad Dav Rb Kedia Ad
विशेष खोज
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट)
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट) जितेन्द्र साह
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित)
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित) जितेन्द्र साह
हामीलाई भन्नुछ
दसैँ नजिकिँदै गर्दा बोका–खसीको कारोबार कस्तो छ ?व्यापारी र उपभोक्ताले मूल्यवृद्धिलाई कसरी लिएका छन् ?
दसैँ नजिकिँदै गर्दा बोका–खसीको कारोबार कस्तो छ ?व्यापारी र उपभोक्ताले मूल्यवृद्धिलाई कसरी लिएका छन् ? वीरगंज सिटी
कोइला डिपोको धुलोले स्थानीयको स्वास्थ्यमा गम्भीर जोखिम, सम्बन्धित निकाय किन मौन ?
कोइला डिपोको धुलोले स्थानीयको स्वास्थ्यमा गम्भीर जोखिम, सम्बन्धित निकाय किन मौन ? वीरगंज सिटी
उद्यमी मञ्च
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट )
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट ) वीरगंज सिटी
अघोषित पत्रकारिता नै महासंघका लागि चुनौती, युट्युबरको भीडमा हराउँदैछ वास्तविक पत्रकारिता : रुपेश सिंह (अध्यक्ष) कलर्स टीभी, एफएम र सनसनी खबर Episode-8
अघोषित पत्रकारिता नै महासंघका लागि चुनौती, युट्युबरको भीडमा हराउँदैछ वास्तविक पत्रकारिता : रुपेश सिंह (अध्यक्ष) कलर्स टीभी, एफएम र सनसनी खबर Episode-8 वीरगंज सिटी
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7 वीरगंज सिटी
वीरगंज विशेष
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान वीरगंज सिटी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी वीरगंज सिटी
खेलकुद
बकुलिया बारा भेट्रान्सलाई ४–० ले हराउँदै वीरगंज सिटी भेट्रान्स फाइनलमा
बकुलिया बारा भेट्रान्सलाई ४–० ले हराउँदै वीरगंज सिटी भेट्रान्स फाइनलमा वीरगंज सिटी
च्याम्पियन्स लिगमा रोनाल्डो सर्वाधिक गोलकर्ता, मेसी दोस्रो स्थानमा
च्याम्पियन्स लिगमा रोनाल्डो सर्वाधिक गोलकर्ता, मेसी दोस्रो स्थानमा वीरगंज सिटी
जनगुनासो
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो |
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो | वीरगंज सिटी
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ निक्की नेपाली
मनोरञ्जन
दसैंमा घरमै बसेर हेर्न सकिने ६ नेपाली फिल्म, युट्युबमा उपलब्ध
दसैंमा घरमै बसेर हेर्न सकिने ६ नेपाली फिल्म, युट्युबमा उपलब्ध वीरगंज सिटी
प्रकाश सपूत किन बन्न खोज्दैछन् शाहरुख खानजस्तै?
प्रकाश सपूत किन बन्न खोज्दैछन् शाहरुख खानजस्तै? वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
Like us on Facebook
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP