पर्सा जिल्लाकाे सखुवा प्रसौनी गाउँपालिका–५ महुवन बजारबाट अवैध लागूऔषध गाँजासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा पर्सागढी नगरपालिका–९ बस्ने ३१ वर्षीय मोहिचन प्रसाद यादव र ४० वर्षीय बैधनाथ प्रसाद यादव रहेका छन् । उनिहरूलाइ सोमबार बिहान पक्राउ गरिकाे छ ।
प्रहरी चौकी महुवनबाट खटिएको प्रहरी टोलीले बिआर ०५ वाइ ८५३४ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई शंकास्पद अवस्थामा जाँच गर्ने क्रममा करिब ५ किलो २ सय ग्राम गाँजासहित नियन्त्रणमा लिएको हो ।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।