नेपाल उद्योग वाणिज्य महासंघ मधेस प्रदेशले कान्तिपुरका पर्सा संवाददाता शंकर आचार्यलाई सम्मानित गरेको छ ।
जनकपुरमा मंगलबार आयोजित महासंघको सातौं प्रदेश सभामा मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादव ले आचार्यलाई सम्मान–पत्र प्रदान गरेका हुन् ।
सञ्चार क्षेत्रको विकासमा समर्पित रहँदै उल्लेखनीय भूमिका निर्वाह गरेको तथा उद्योग वाणिज्यसम्बन्धी गतिविधिलाई प्राथमिकतामा राखेर समाचार प्रकाशन गरेको भन्दै आचार्यलाई सम्मान गरिएको अशोकुमार टेमानी ले जानकारी दिएका छन् ।