स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा गिरावट आएको छ। सुन तोलामा रू ५ हजार ५०० र चाँदी रू २१५ ले घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रू २ लाख ८५ हजार कायम भएको छ । त्यस्तै, चाँदी प्रतितोला रू ४ हजार ८६५ मा कारोबार भइरहेको छ ।
हिजो बुधबार छापावाल सुन प्रतितोला रू २ लाख ९० हजार ५०० र चाँदी प्रतितोला रू ५ हजार ८० मा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा पनि सुनचाँदीको मूल्य घटेको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार आज एक औँस सुन ४ हजार ५२० अमेरिकी डलर र चाँदी ७७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।