सप्तरी जिल्ला अदालतमा आज (साउन १ गते)देखि एक साताका लागि नयाँ मुद्दा दर्ता बन्द गरिएको छ ।
अदालतका श्रेस्तेदार श्यामहरि अधिकारीले बिहीबार सूचना जारी गर्दै साउन १ गतेदेखि साउन ८ गतेसम्म अन्तिम हदम्याद ननाघ्ने नयाँ मुद्दा दर्ता नहुने जानकारी दिएका हुन् ।
सूचनाअनुसार आर्थिक वर्ष २०८३/८४ को वार्षिक प्रतिवेदन तयारी, वार्षिक कार्ययोजना निर्माण, नयाँ दायरी सार्ने तथा अन्य व्यवस्थापकीय कार्य सम्पन्न गर्नुपर्ने भएकाले उक्त अवधिसम्म अन्तिम हदम्याद समाप्त हुने मुद्दाबाहेकका नयाँ मुद्दा दर्ता स्थगित गरिएको हो । अदालतले साउन ११ गते सोमबारदेखि नियमित रूपमा नयाँ मुद्दा दर्ता गरिने तथा साउन १२ गतेदेखि नियमित इजलास सञ्चालन हुने जनाएको छ ।
अदालत प्रशासनले सेवाग्राही तथा सरोकारवाला पक्षलाई आवश्यक कानुनी प्रक्रिया र हदम्यादको विषयमा ध्यान दिन आग्रह गरेको छ ।