भारतको ओडिसा राज्यस्थित KIIT विश्वविद्यालयमा पुन एक छात्रा झुण्डिएको अवस्थामा मृत फेला परेकी छन् ।
भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थी प्रिसा साह आफ्नै होस्टेल कोठामा झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन् ।
केहि महिना अगाडी प्रकृति लम्साल मृत्यु भएकाे घटनाकाे छानविन नसकिदै अहिले पुनः अर्काे नेपाली चेलीकाे मृत्यु भएकाे हाे ।
सर्लाहीको मलंगवा घर भइ हाल वीरगंज १५ बस्दै आएका श्याम साहकी छोरी प्रिसा साह समाजिक काममा समेत उतिकै सकृय थिइन् । सिरहामा मृत्यु भएकी रिंकु सदाकाे न्यायका लागी उनि ब्यानर सहित समाजिक काममा सकृय थिइन् ।
बी.टेक कम्प्युटर साइन्समा पहिलो वर्षमा अध्ययनरत प्रिसाकाे मृत्यु बारे केआईआईटी क्लेज प्रशासनले आत्महत्या गरेको दाबी गरेका छन् । भारतिय प्रहरीका अनुसार उनी झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन् । मृत्युबारे थप अनुसन्धान तत्काल जारी गरिएकाे भारतिय प्रहरीले जनाएकाे छ ।
यता शुक्रबार दिउसाे एक विज्ञप्ती जारी गर्दै केआईआईटीले ‘कलेजमा अध्ययनरत एक नेपाली छात्राको आत्महत्याको घटनाले हामीलाई गहिरो दुःख लागेको जनाएकाे छ । विज्ञप्तिमा बी.टेक कम्प्युटर साइन्समा पहिलो वर्षमा अध्ययनरत प्रिसाले हाेस्टेलमा आत्महत्या गरेकाे दाबी गरेकाे छ ।
यता प्रहरीले अनुसन्धान गरिरहकै बेलामा कलेजले भने पहिल्यै प्रिसाले आत्महत्याको गरेको विज्ञप्तिमा दाबी गरेकाे छ । केआईआईटीले घटना थाहा पाउनासाथ प्रहरीलाई जानकारी गराएर प्रिसालाई किम्स अस्पताल पु¥याइएकाे जनाएकाे छ । अस्पताल चिकित्सकले प्रिसाकाे मृत घोषणा गरेको विज्ञप्ती मार्फत जनाएको छ । विश्वविद्यालय प्रशासनले प्रेस नोट घटनाबारे तुरुन्तै मृतककी परिवारलाई जानकारी दिएको जनाएको छ ।
यस दुःखद घडीमा ओडिसा राज्य सरकारले शोक सन्देश प्रकट गर्दै मृतकको परिवारलाई समर्थन र समवेदना व्यक्त गरेको छ । प्राप्त जानकारीका आधारमा प्रहरी आयुक्त तथा राजस्व विभाग प्रमुख अधिकारीहरू घटनास्थलमा पुगेर फरेन्सिक टोली घटनास्थलमा प्रमाण संकलन गरि अनुसन्धान प्रक्रिया अगाडि बढाएको भनेकाे छ ।
घटनाबारे जानकारी पाएपछि प्रिसाकाे परिवार KIIT विश्वविद्यालय पुगेकाे छ । प्रिसाकाे भाई गौरब साहका अनुसार विहिबार नै बहिनीले १८ तारिखमा नेपाल फर्किनका लागि टिक्ट काटिदिन आग्रह गरेकाे थियाे । तर साझ दुःखद घटना सुन्नु परेकाे उनले बताए ।
यता नेपाल सरकारकाे नेपाली राजदुताबास दिल्लीले भारतको ओडिशा राज्यस्थित (KIIT) मा स्नातक तहमा अध्ययनरत १८ वर्षीया नेपाली छात्रा प्रिसा साहको निधनप्रति नेपाली राजदूतावास, नयाँ दिल्लीले गहिरो दुःख व्यक्त गरेको छ । दुर्घटनाबारे जानकारी पाउने बित्तिकै राजदूतावासले शैक्षिक संस्थासँग सम्पर्क राखी विवरण संकलन गर्दै मृतककी परिवारसँग समेत समन्वय गरेको जनाएको छ । प्रिसा साहको निधनप्रति राजदूतावासले श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनप्रति समवेदना प्रकट गरेको छ ।
कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मै यसरी एकपछि अर्काे घटना घटनु दुःखद रहेकाे छ । यस घटनाले नेपाली विद्यार्थीहरूमा त्रास र असुरक्षाको भावना बढाएको छ ।
केआईआईटी विश्वविद्यालयमा केही महिना अघि मात्रै यस्तै घटना भएको थियो । बुटवलकी तेस्रो वर्षकी बीटेक विद्यार्थी प्रकृति लम्साल फेब्रुअरी १६ मा आफ्नै होस्टेल कोठामा मृत फेला परेकी थिइन् । अनुसन्धानमा भारतीय सहपाठी आद्विक श्रीवास्तवद्वारा निरन्तर गरिएको मानसिक यातनाका कारण उनले आत्महत्या गरेको निष्कर्ष निकालिएको थियो ।
विश्वविद्यालयले उक्त घटनापछि दुई सुरक्षाकर्मीलाई बर्खास्त गरेको र दुई होस्टेल अधिकारी तथा एक अन्तर्राष्ट्रिय सम्बन्ध कार्यालयका अधिकारीलाई निलम्बन गरेको थियो । साथै, नेपाली विद्यार्थीहरूको सुरक्षाका लागि २४/७ कन्ट्रोल रूम स्थापना गरिएको थियो । लम्सालको मृत्युपछि नेपाली दूतावासले घटनाको निष्पक्ष अनुसन्धानको माग गर्दै भारतीय सरकारसँग समन्वय गरेको थियो । विश्वविद्यालयले लम्सालको सम्झनामा नेपाली विद्यार्थीहरूका लागि विशेष छात्रवृत्ति घोषणा गरेको छ ।
प्रिसा साहको मृत्युले केआईआईटी विश्वविद्यालयमा नेपाली विद्यार्थीहरूको सुरक्षाप्रति पुनः गम्भीर प्रश्न उठाएको छ । पटक पटक यस्तै घटना दाेहरीनु नेपाली विद्यार्थीहरूकाे सुरक्षा नहुनु क्लेज प्रशासनकाे कमजाेरी देखिन्छ । समाजिक सञ्जालमा यसबारे विभिन्न बहस समेत उठेकाे छ ।
भारतमा अध्ययन गर्न जाने विद्यार्थीहरू के नेपालमा गुणस्तरीय अध्ययन अध्यापन नभएकै कारण जाने गर्दछ ? छाेरा छाेरीकाे उच्च अध्ययनका लागी पठाउनु पुर्व सम्बन्धन पाए नपाएकाे सहित पठाउने संस्था नेपाल सरकारबाट मान्यता प्राप्त छ कि छैन् ?
कतिकाे सुरक्षित हुन्छ लगायतकाे विषयमा स्पस्ट हुनुपर्ने देखिन्छ । दुबै घटनामा कुन इन्सच्युटले पठाए के कस्ताे सहमति गरिएकाे थियाे लगायतकाे बारेमा कसैले जानकारी गराएकाे छैन् ।