राष्ट्रिय सभाको शुक्रबारको बैठकले आर्थिक विधेयक, २०८२ लाई संशोधनबिना मूलरूपमै पारित गरेको छ ।
उक्त विधेयक पारित गर्न अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त आर्थिक विधेयकलाई सुझावबिना पारित गरी प्रतिनिधिसभामा फिर्ता पठाउन प्रस्ताव पेस गर्नुभएको थियो। उक्त प्रस्तावलाई बहुमतले समर्थन गरेपछि विधेयक पारित गरिएको हो ।
यससँगै आगामी आर्थिक वर्षका लागि कर प्रणाली, शुल्क दर तथा वित्तीय प्रबन्धसँग सम्बन्धित कानुनी संरचना मान्य भएको छ ।