सप्तरी | सप्तरीको राजविराजमा आगामी असोज १७–१९ मा हुने अन्तर्राष्ट्रिय देव महासम्मेलनको तयारीका लागि बैठक र छलफल कार्यक्रम अगाडि बढाइएको छ ।
नेपाल पत्रकार महासंघ, सप्तरीका अध्यक्ष श्रवण कुमार देवले शनिबार देव समुदायका राजनीतिक नेता, संचारकर्मी, अधिवक्तासहित बौद्धिक व्यक्तिहरूको सहभागितामा महासम्मेलनको तयारीका लागि छलफल गरिएको जानकारी दिनुभयो ।
उहाँका अनुसार वागेश्वरी सेवा समितिको सभाहलमा आयोजित कार्यक्रममा वक्ताहरूले स्वजातीय पहिचान र संस्कृतिको संरक्षणका सवालमा महासम्मेलन महत्वपूर्ण हुने बताएका छन् । अध्यक्ष देवले समुदायभित्रको विकृति र विसंगतिलाई हटाउने विषयमा पनि बहस गर्न महासम्मेलनमा सुझावहरू पेश हुने जानकारी दिनुभयो ।
कार्यक्रममा राजनीतिक अगुवा जितेन्द्र नारायण देव, नेकपा एसका जिल्ला अध्यक्ष प्रतापनारायण चौधरी, समाजसेवी तथा नेपाली कांग्रेसका नेता ध्रुव देव, नेपाल पत्रकार महासंघ, सप्तरीका अध्यक्ष श्रवण कुमार देव लगायतले महासम्मेलनको महत्वबारे आफ्नो विचार राखेका थिए ।
कार्यक्रम वागेश्वरी सेवा समितिका अध्यक्ष इन्जिनियर इन्द्रनारायण देवको अध्यक्षतामा सम्पन्न भएको थियो । आयोजक संस्थाहरू वागेश्वरी सेवा समिति, भवानी सेवा समिति, विराट देव सेवा समिति र देव सेवा समिति रहेको आयोजकले जानकारी दिएका छन् ।
भिडियाे सामाग्री