ईलाका प्रहरी कार्यालय सिमराले १३ वर्षीया नाबालिकामाथि अनैतिक कार्य गरेको आरोपमा एक वृद्धलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जितपुरसिमरा उपमहानगरपालिका–७, जितपुर टोल निवासी अन्दाजी ७० वर्षीय लकिचन्द साह कलवार रहेका छन् । प्रहरीका अनुसार आरोपित कलवारलाई गएराति आफ्नै पसलबाट नियन्त्रणमा लिइएको हो ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।