इंग्लिस प्रिमियर लिगको इतिहासमा म्यानचेस्टर युनाइटेड सर्वाधिक उपाधि जित्ने क्लबका रूपमा शीर्ष स्थानमा छ ।
सन् १९९२–९३ मा प्रतियोगिता सुरु भएयता युनाइटेडले १३ पटक उपाधि जितेको छ। प्रिमियर लिगको आधिकारिक तथ्यांकअनुसार म्यानचेस्टर सिटी आठ उपाधिसहित दोस्रो स्थानमा छ भने चेल्सीले पाँच र आर्सनलले चार पटक उपाधि जितेका छन्। लिभरपुलले दुई पटक प्रिमियर लिगको उपाधि जितेको छ । सन् २०२५–२६ को सिजनमा आर्सनल च्याम्पियन बनेपछि उसको प्रिमियर लिग उपाधि संख्या चार पुगेको छ। आर्सनलले २२ वर्षपछि लिग उपाधि जितेको हो। यससँगै प्रिमियर लिगको इतिहासमा उपाधि जित्ने क्लबको संख्या सात पुगेको छ ।
१. म्यानचेस्टर युनाइटेड — १३ उपाधि
म्यानचेस्टर युनाइटेड प्रिमियर लिगको इतिहासमा सबैभन्दा सफल क्लब हो। उसले प्रतियोगिताको पहिलो सिजन सन् १९९२–९३ मै उपाधि जितेको थियो। सन् २०१२–१३ सम्म क्लबले १३ पटक उपाधि जित्न सफल भयो। यी सबै उपाधि प्रशिक्षक सर एलेक्स फर्गुसनको नेतृत्वमा आएका थिए।
फर्गुसनको प्रशिक्षणमा युनाइटेडले सन् १९९० र २००० को दशकमा इंग्लिस फुटबलमा आफ्नो दबदबा कायम राख्यो। सन् १९९८–९९ को सिजनमा प्रिमियर लिग, एफए कप र च्याम्पियन्स लिग जित्दै क्लबले ऐतिहासिक उपलब्धि हासिल गरेको थियो।
युनाइटेडले सन् २००६–०७ देखि २००८–०९ सम्म लगातार तीन सिजन उपाधि जितेको थियो। सन् २०१२–१३ को उपाधि फर्गुसनको प्रशिक्षकका रूपमा अन्तिम सिजनको सफलता बन्यो। त्यसयता भने क्लबले प्रिमियर लिगको उपाधि जित्न सकेको छैन। ?ऋष्तभ चभाकर्.ृूतगचलठण्ठडद्दढकभबचअजद्धू,ूतगचलठण्ठडद्दढकभबचअजछूेैरश्र
२. म्यानचेस्टर सिटी — आठ उपाधि
म्यानचेस्टर सिटी आठ उपाधिसहित दोस्रो स्थानमा छ। क्लबले पहिलो पटक सन् २०११–१२ को सिजनमा प्रिमियर लिग जितेको थियो। अन्तिम खेलमा क्विन्स पार्क रेन्जर्सलाई ३–२ ले पराजित गर्दै सिटीले गोल अन्तरका आधारमा म्यानचेस्टर युनाइटेडलाई पछि पारेको थियो। सर्जियो अगुएरोले इन्जुरी समयमा गरेको निर्णायक गोल उक्त सिजनको ऐतिहासिक क्षण बनेको थियो।
प्रशिक्षक पेप ग्वार्डिओलाको नेतृत्वमा सिटीले थप सफलता हासिल गर्यो। क्लबले सन् २०१७–१८ र २०१८–१९ मा लगातार उपाधि जित्यो। त्यसपछि २०२०–२१ देखि २०२३–२४ सम्म लगातार चार सिजन च्याम्पियन बन्दै प्रिमियर लिगमा लगातार चार उपाधि जित्ने पहिलो क्लब बन्यो। ?ऋष्तभ चभाकर्.ृूतगचलठण्ठडद्दढकभबचअजद्धू,ूतगचलठण्ठडद्दढकभबचअजछूेैरश्र
३. चेल्सी — पाँच उपाधि
चेल्सीले प्रिमियर लिगको उपाधि पाँच पटक जितेको छ। क्लबले पहिलो पटक सन् २००४–०५ को सिजनमा प्रशिक्षक जोसे मौरिन्होको नेतृत्वमा उपाधि जितेको थियो। त्यस सिजन चेल्सीले ९५ अंक जोड्दै तत्कालीन कीर्तिमान बनाएको थियो।
चेल्सीले सन् २००५–०६ मा उपाधि रक्षा गर्दै लगातार दोस्रो पटक च्याम्पियन बन्न सफल भयो। त्यसपछि २००९–१०, २०१४–१५ र २०१६–१७ मा पनि उपाधि जित्यो।
विभिन्न प्रशिक्षकको नेतृत्वमा सफलता हासिल गरेको चेल्सीले सन् २०१६–१७ मा एन्टोनियो कोन्टेको प्रशिक्षणमा ३८ खेलमध्ये ३० खेल जित्दै उपाधि आफ्नो नाममा गरेको थियो। ?ऋष्तभ चभाकर्.ृूतगचलठण्ठडद्दढकभबचअजद्धू,ूतगचलठण्ठडद्दढकभबचअजछूेैरश्र
४. आर्सनल — चार उपाधि
आर्सनलले प्रिमियर लिगको उपाधि चार पटक जितेको छ। क्लबले पहिलो पटक सन् १९९७–९८ मा प्रशिक्षक आर्सेन वेंगरको नेतृत्वमा उपाधि जितेको थियो। त्यसपछि २००१–०२ मा दोस्रो र २००३–०४ मा तेस्रो पटक च्याम्पियन बनेको थियो।
सन् २००३–०४ को सिजनमा आर्सनलले ३८ खेलमध्ये २६ खेल जित्यो र १२ खेल बराबरी खेल्दै कुनै पनि खेलमा हार बेहोरेन। अपराजित रहँदै उपाधि जितेको उक्त टोली ‘द इन्भिन्सिबल्स’ नामले चर्चित छ।
लामो समय उपाधिविहीन रहेको आर्सनलले सन् २०२५–२६ को सिजनमा पुनः उपाधि जित्यो। प्रशिक्षक मिकेल आर्टेटाको नेतृत्वमा टोलीले २२ वर्षपछि प्रिमियर लिगको उपाधि उचालेको हो। ?ऋष्तभ चभाकर्.ृूतगचलठण्ठडद्दढकभबचअजण्ू,ूतगचलठण्ठडद्दढकभबचअजद्दूेैरश्र
५. लिभरपुल — दुई उपाधि
लिभरपुलले प्रिमियर लिगको उपाधि दुई पटक जितेको छ। क्लबले पहिलो पटक सन् २०१९–२० को सिजनमा प्रशिक्षक योर्गेन क्लोपको नेतृत्वमा उपाधि जितेको थियो। उक्त सिजन लिभरपुलले ९९ अंक जोड्दै इंग्लिस शीर्ष डिभिजनको लिग उपाधि ३० वर्षपछि आफ्नो नाममा गरेको थियो।
लिभरपुलले दोस्रो पटक सन् २०२४–२५ को सिजनमा उपाधि जित्यो। प्रशिक्षक अर्ने स्लटको पहिलो सिजनमै च्याम्पियन बनेको लिभरपुल इंग्लिस फुटबलको ऐतिहासिक सफल क्लबमध्ये एक हो। ?ऋष्तभ चभाकर्.ृूतगचलठण्ठडद्दढकभबचअजद्धू,ूतगचलठण्ठडद्दढकभबचअजछूेैरश्र
अन्य उपाधि विजेता क्लब
प्रिमियर लिगको इतिहासमा ब्ल्याकबर्न रोभर्स र लेस्टर सिटीले पनि एक–एक पटक उपाधि जितेका छन् ।
ब्ल्याकबर्न रोभर्सले सन् १९९४–९५ को सिजनमा उपाधि जितेको थियो। त्यस्तै, लेस्टर सिटीले सन् २०१५–१६ मा अप्रत्याशित सफलता हासिल गर्दै पहिलो पटक प्रिमियर लिगको उपाधि जितेको थियो। प्रशिक्षक क्लाउडियो रानिएरीको नेतृत्वमा लेस्टरले बलिया टोलीहरूलाई पछि पार्दै फुटबल इतिहासकै चर्चित उपलब्धिमध्ये एक हासिल गरेको थियो ।