आउँदो मंसिर महिनामा कर्णाली प्रदेशमा आयोजना हुने दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि मुलुकका सातवटै प्रदेश र प्रया सवै जिल्लाहरू तयारीमा जुटेका छन् ।
उक्त राष्ट्रिय खेलकुद प्रतियोगितामा महत्वपुर्ण खेलको रुपमा कुस्ती खेल पनि लिपीबद्ध छ । “खेली मधेश, जिती मधेश” भन्ने मुख्य नाराका मधेश प्रदेशले दशौं राष्ट्रिय खेलकुदको गृहकार्य सुरु गरेको छ । खेल जित्नका लागि खेलाडीहरूको मनोबल उच्च राख्नु पहिलो सर्त हो । खेलाडीको मनोबल उच्च राख्नका लागि उनीहरूलाई आवश्यक साधन स्रोत एवं सामाग्र्री उपलब्धता जरुरी छ ।
राष्ट्रिय प्रतियोगिताका लागि तयारीलाई तीव्रता दिइनु पर्ने बेलामा पर्साका कुस्ती खेलाडीहरु भने आवश्यक स्रोत–साधनको अभावमा निरास छन् । तराई मधेश क्षेत्रका ऐतिहासिक र सा“स्कृतिक महत्व बोकेको, हर्षोउल्लाहसका साथ खेलिने कुस्ती खेल पछिल्लो समय पर्सामा उपेक्षित छ । यहाँका स्थानीय, प्रशिक्षक र खेलाडीहरु यस खेलको प्रवद्र्धनका लागि विशेष सक्रियता साथ लागिपरे पनि राज्यस्तरबाट कुस्तीको संरक्षण तथा प्रवद्र्धनमा कुनै चासो नदेखाएकाले कालान्तरमा यो खेल लोप भएर जाने चिन्तामा छन्, कुस्तीप्रेमीहरु !
पर्सा जिल्लामा राष्ट्रिय/अन्तर्राष्टियस्तरका कुश्तीवाज पहलवानहरु नभएका होइनन् । तर, उनीहरूको जीवन यादव, प्रतीभाको प्रवर्धन तथा संरक्षणलाई सरकारले प्राथमिकतामा नराख्दा कुस्ती खेलाडीहरू विदेश पलायन हुने क्रम बढदो छ भने कतिपय खेलाडी खेल क्षेत्रबाटै विस्थापीत भइरहेका छन् । कुस्ती खेल क्षेत्रको यो दयानीय अवस्थलाई मध्येनजर गर्दै कुस्तीमा अन्तर्राष्ट्रिय स्तरका पहलवान मोदनप्रसाद यादव आफैले नीजि लगानीमा प्रशिक्षण सञ्चालन गरिरहेकाछन् । कुस्ती खेल र खेलाडीलाई राज्यले उपेक्षा गरेको कारण यस खेल प्रति नया“ पुस्ताको आकर्षन घटेको छ ।
यसर्थ पनि कुस्तीमा नयाँ खेलाडी जन्माउन गाह्रो भइरहेको छ । सो सम्बन्धमा पहलवान यादवको भनाई छ ।
अन्तराष्ट्रियस्तरमा कुस्ती खेलेर विभिन्न पदक जीति मुलुकको शाख बढाउन महत्वपूर्ण योगदान पुर्याएका अन्तर्राष्ट्रिय खेलाडी मोदन यादव जस्ता पहलवानहरू पर्सामा अरु पनि छन् । सरकारले उनीहरूलाई उत्प्रेरित गर्न नसकेको पहलवानहरु दुखेसो छ ।
खेलाडीको लागि न्युनतम आवश्यक पक्षहरू पौष्टिक खानपान, नियमित प्रशिक्षण र आर्थिक सुविधाको अभावसंग कुस्ती खेलाडीले निरन्तर संघर्ष गर्दै आएकाछन् । यस तर्फ पालिका देखि केन्द्रसम्म तीनै तहका सरकारको ध्यान जान सकेको छैन । जसको परिणामस्वारुप नयाँ पुस्ताले कुस्ती खेल नै विर्सन थालेकोछन् ।
तराईको संस्कृति, परम्परा, विशेषता तथा मौलिक पहिचानसग जोडिएको कुस्ती खेललाई लोप हुनबाट जोगाउन सम्बन्धित तीनै तहका सरकारले समयमै व्यवस्थित अखडा, नियमित प्रशिक्षण, खेल सामग्री र खेलाडीलाई आवश्यक आर्थिक तथा प्रोत्साहनको व्यवस्था गर्न जरुरी देखिन्छ ।
भिडियाे रिपाेर्ट