काठमाडौंको फर्पिङबाट प्रतिबन्धित लागूऔषध ट्रामाडोलसहित बारा र पर्साका दुई युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा बारा कलैया उपमहानगरपालिका-२३ कोयरियाका २७ वर्षीय सुदीप पटेल र पर्सा वीरगंज महानगरपालिका-१७ अलौका २७ वर्षीय सुनिल सहनी रहेका छन् ।
वीरगंजबाट काठमाडौंतर्फ जाँदै गरेको बा२०च ७५८८ नम्बरको कारको डिक्कीमा लुकाएर राखिएको अवस्थामा ७२ हजार ८० क्याप्सुल ट्रामाडोलसहित उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । दक्षिणकाली नगरपालिका-५ स्थित फर्पिङ बसपार्कमा सवारी साधन जाँच गर्ने क्रममा प्रहरीले सोमबार बिहान करिब ४:३० बजे उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
बरामद लागूऔषधसहित दुवै जनालाई नियन्त्रणमा लिई थप कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीको भनाइ छ ।