दशैँको आज सातौँ दिन देशभर विभिन्न शक्तिपिठहरुमा भक्तजनहरुको घुईचो लागेको छ ।
मनोकाक्षा पुरा हुने जनआस्था राखी पर्सा जिल्लाको शक्तिपीठहरु गहवामाई मन्दिर, विर्तामाई मन्दिर, विन्दवासिनी माई र मनसा माई मन्दिरमा विहानदेखी देवि माताको दर्शनका लागी दर्शनार्थीहरुको घुईचो लागेको छ । भक्तजनहरुले एका विहानैदेखि मन्दिर अगाडि लाइनमा लागेर मन्दिर गेट अगाडिबाट पुजा आजा गर्नुका साथै मन्दिर वरिपरि स्थानहरुमा मिठाई, नागरिवल लगायतका प्रसाद चढावा चढाएर दर्शनार्थीहरुले पुजा आजा गरिरहेका छन् ।
महासप्तमीको अवसरमा नवदूर्गा पूजास्थलमा केरा, दारिम, धान, हलेदो, माने, कर्चुर, बेल, अशोक, जयन्तीलगायत लिएर नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र मालपोत चोकबाट स्थानीय युवाहरुले गहवामाई मन्दिरमा फुलपाती भित्रयाइएको थियो । वीरगंज महानगरका मेयर राजेशमान सिंहले फुलपातीको अवसरमा विशेष पुजा गरेका थिए । गहवामाई मन्दिर परिषर अगाडि रहेको पार्कमा विशेष पुजा गरी फुलपाती भित्रयाइएको हो ।

आज घर घरमा फूलपाती भित्रर्याइने गरिन्छ । देवी कालरात्रिले चण्ड, मुण्ड र रक्तविज नामक राक्षसहरुको वध गरेको दिनको समझनामा महाउत्सवको रुपमा महासप्तमी मनाउने चलन रहि आएको छ । आजको दिन कालरात्रि देवीको पूजा आराधना गर्नाले मनोकाक्षा पुरा हुने देवी देवताको वास हुने आस्था रहि आएको छ ।
वीरगंजमा विजयादशमीको दशौँ दिनसम्मलाई भक्तजनहरुले विशेष रुपमा गहवामाई मन्दिरमा पुजा पाठ गर्दै दशैँ मनाउने गर्दछ । 