वीरगंजस्थित गीतामन्दिरमा धुमधामका साथ दुर्गा पूजा मनाइँदै छ। दुर्गा पूजाको अवसरमा मन्दिरमा भक्तजनहरूको चहलपहल बढेको छ। श्रद्धालु भक्तजनहरू माता दुर्गाको पूजा–आराधना तथा दर्शनका लागि मन्दिर पुगिरहेका छन्।
धार्मिक आस्था र भक्तिभावका साथ मनाइँदै गरिएको दुर्गा पूजाले गीतामन्दिर क्षेत्रलाई भक्तिमय बनाएको छ। पूजाका कारण स्थानीय क्षेत्रमा उत्साह र चहलपहल देखिएको छ।