आजदेखि Sapana Pradhan Malla सर्वोच्च अदालतको कायम मुकायम (कामु) प्रधानन्यायाधीश भएकी छन् ।
प्रधानन्यायाधीश Prakash Man Singh Raut ६५ वर्षे उमेर हदका कारण मंगलबार अवकाश भएपछि वरिष्ठतम न्यायाधीश मल्लले उक्त जिम्मेवारी सम्हालेकी हुन् ।
नेपालको संविधानको धारा १२९(९) अनुसार प्रधानन्यायाधीशको पद रिक्त भएमा सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीशले कामु प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्ने व्यवस्था छ । सोही प्रावधानअनुसार मल्ल स्वतः उक्त पदमा पुगेकी हुन् ।
मल्ल १७ साउन २०७३ मा सर्वोच्च अदालतको न्यायाधीश नियुक्त भएकी थिइन्। सर्वोच्च अदालतमा करिब एक दशकको कार्यकालमा उनले लैंगिक न्याय, घरेलु हिंसा तथा संवैधानिक मुद्दासम्बन्धी थुप्रै महत्त्वपूर्ण नजिर स्थापना गरेकी छन् ।