सरकारले बुधबार यात्रुवाहक सवारीसाधनको भाडा करिब १७ प्रतिशत बढाएको छ, तर यो भाडा विद्युतीय सवारीसाधनमा लागू नहुने यातायात व्यवस्था विभागले स्पष्ट पारेको छ ।
विभागका अनुसार, इन्धन मूल्यमा भएको बढोत्तरीका आधारमा भाडा समायोजन गरिएको हो र विद्युतीय सवारीसाधनहरू यस समायोजनबाट बाहिर राखिएका छन् । कुल १३ सूचक विश्लेषण गरी इन्धन मूल्य परिवर्तनको आधारमा भाडा बढाउने निर्णय गरिएको विभागले जनाएको छ ।
हालको व्यवस्था अनुसार एक प्रदेशबाट अर्को प्रदेश वा त्यसभन्दा बढी प्रदेशसम्म जाने यात्रुवाहक र मालवाहक सवारीसाधनमा मात्र भाडा वृद्धि लागु भएको छ । छोटो दूरी, अर्थात् एउटै सहरभित्र वा प्रदेशभित्र सञ्चालन हुने सवारीसाधनको भाडा भने सम्बन्धित प्रदेश सरकारले तोक्ने व्यवस्था छ ।