देशभरका सरकारी अस्पतालमा अब साताको दुई दिन ओपिडी सेवा ठप्प हुने भएको छ ।
सरकारको निर्णयअनुसार शनिबार र आइतबार ओपिडी सेवा बन्द रहनेछ । स्वास्थ्य क्षेत्रमा क्रियाशील १४ वटा संयुक्त पेसागत संगठनको दबाबपछि यस्तो निर्णय गरिएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय का अनुसार आकस्मिक तथा अन्तरंग सेवाहरू भने सातै दिन २४ सै घण्टा सञ्चालनमा रहनेछन् ।
यसअघि मन्त्रिपरिषद्ले २०८२ चैत २२ गते सबै सरकारी कर्मचारीलाई सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो। सोही निर्णयअनुसार अब अस्पतालको ओपिडी सेवा पनि दुई दिन बन्द हुने भएको हो ।