आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत आजदेखि सुरु भएको शृंखलाको पहिलो खेलमा स्कटल्यान्डले नेपालविरुद्ध पहिले ब्याटिङ सुरु गरेको छ ।
टस जितेर स्कटल्यान्डका कप्तान रिची बेरिङटनले पहिले ब्याटिङ गर्ने निर्णय गरेका हुन् ।
नेपालले ओमानविरुद्ध खेलेको अघिल्लो खेलको टोलीमा कुनै परिवर्तन गरेको छैन ।
नेपालका लागि कुशल भुर्तेल, भीम सार्की, इशान पाण्डे र सोमपाल कामी टोलीबाहिर रहेका छन् । ओपनिङमा आसिफ शेख र विनोद भण्डारी रहेका छन् भने अर्जुन कुमाल वान डाउन र कप्तान रोहित पौडेल टु डाउनमा ब्याटिङ गर्नेछन् ।