पूर्वसांसद् एवं राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० की केन्द्रीय सदस्य विनिता कठायत दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मूल आयोजक समिति सदस्यमा मनोनीत भएकी छन् ।
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले कठायतलाई मूल आयोजक समितिको सदस्यमा मनोनीत गरेका हुन्। दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मंसिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशका विभिन्न जिल्लामा सञ्चालन हुँदैछ। गत प्रतिनिधिसभा निर्वाचनमा रास्वपाबाट जुम्लामा उम्मेदवार बनेकी कठायत पराजित भएकी थिइन्। यसअघि उनी समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधिसभा सदस्य बनेकी थिइन्। उनी हाल रास्वपाकी केन्द्रीय सदस्य हुन् ।
राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन निर्देशिका, २०८३ को परिच्छेद–२ को दफा ४ को उपदफा ९१० को देहाय ९ण० मा भएको व्यवस्थाबमोजिम मन्त्री पोखरेलले कठायतलाई सदस्यमा मनोनीत गरेको राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रामचरित्र मेहताले पत्रमार्फत जानकारी दिएका छन् l