रौतहटमा सशस्त्र प्रहरी बलले ठूलो परिमाणमा अवैध भारतीय धानको बीउसहित ४ वटा मोटरसाइकल बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल नम्बर ११ हेडक्वार्टरको गस्ती टोलीले आइतबार राति करिब साढे १० बजे परोहा नगरपालिका–७ नरकटिया स्थित सोना इट्टा उद्योग पछाडिको खेत क्षेत्रमा भन्सार छलि लुकाइछिपाइ राखिएको अवस्थामा उक्त सामग्री बरामद गरेको हो ।
विशेष सूचनाको आधारमा खटिएको टोलीले गरेको जाँचका क्रममा ४ वटा मोटरसाइकलमा लोड गरिएको तथा खेतमा थुपारेर राखिएको अवस्थामा ५२ बोरा ( १७४५ केजी ) धानको बीउ फेला परेको सशस्त्र प्रहरी बल रौतहटका प्रमुख एसपी रामहरी अधिकारी ले जानकारी दिएका छन् ।
बरामद गरिएको धानको बीउ र मोटरसाइकलको कुल मूल्य करिब ९ लाख ३ हजार ५ सय रुपैयाँ कायम गरी आवश्यक कारबाहीका लागि गौर भन्सार कार्यालय रौतहटमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।