स्थानीय बजारमा आज सुन र चाँदी दुवैको मूल्य घटेको छ। सुनको मूल्य प्रतितोला १ हजार १०० रुपैयाँ र चाँदीको मूल्य २२० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८८ हजार ४०० रुपैयाँ कायम भएको छ। त्यसैगरी, चाँदीको मूल्य प्रतितोला ४ हजार ३५ रुपैयाँ कायम भएको छ ।
बुधबार छापावाल सुन प्रतितोला २ लाख ८९ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, चाँदीको मूल्य प्रतितोला ४ हजार २५५ रुपैयाँ रहेको थियो ।
बुधबारको तुलनामा आज सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।