नेपाली बजारमा सुनको मूल्य लगातार घटिरहेको छ। मंगलबार सुनको मूल्य प्रतितोला २ हजार २ सय रुपैयाँले घटेको छ। अघिल्लो दिन सोमबार पनि सुनको भाउ प्रतितोला २ हजार १ सय रुपैयाँले घटेको थियो । यससँगै दुई दिनमा सुनको मूल्य ४ हजार ३ सय रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारका लागि सुनको मूल्य प्रतितोला २ लाख ९२ हजार २ सय रुपैयाँ निर्धारण गरिएको छ । सोमबार सुनको मूल्य प्रतितोला २ लाख ९४ हजार ४ सय रुपैयाँ थियो ।
त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ। मंगलबार चाँदीको भाउ प्रतितोला ६० रुपैयाँले घटेर ४ हजार ३ सय ५५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ। सोमबार चाँदीको मूल्य प्रतितोला ४ हजार ४ सय १५ रुपैयाँ थियो ।