वीरगंजस्थित जिल्ला प्रशासन कार्यालय (सिडियो अफिस) नजिकै रहेको बिपी पार्क क्षेत्रको नालामा एक नवजात शिशु (बच्चा) मृत अवस्थामा फेला परेको छ ।
स्थानीयका अनुसार नालामा शिशुको शव देखिपछि प्रहरीलाई खबर गरिएको थियो । घटनाको जानकारी पाउनासाथ नगर प्रहरी तथा नेपाल प्रहरीको टोली घटनास्थलमा पुगी भीड नियन्त्रण गर्नुका साथै आवश्यक अनुसन्धान सुरु गरेको छ ।
उक्त बच्चा कसले र किन नालामा फाल्यो भन्ने विषयमा अहिलेसम्म कुनै जानकारी खुल्न सकेको छैन। प्रहरीले घटनाबारे गहन अनुसन्धान भइरहेको र विस्तृत विवरण आउन बाँकी रहेको जनाएको छ ।