सञ्चार र बजार व्यवस्थापनको क्षेत्रमा एक परिचित नाम हुन् एम.डी. मलिक । रेडियो वीरगंजबाट आफ्नो पेशागत यात्रा प्रारम्भ गर्नुभएका मलिकले बजार व्यवस्थापनको क्षेत्रमा १९ वर्षभन्दा बढीको अनुभव हासिल गर्नुभएको छ । उहाँले संचारको सुरुवाती पृष्ठभूमिबाट आफ्नो दक्षता विस्तार गर्दै विभिन्न सञ्चार संस्था तथा व्यवसायिक परियोजनामा बजार व्यवस्थापकको रूपमा उत्कृष्ट भूमिका निर्वाह गर्नुभएको छ ।
बजारकाे प्रवृत्ति, उपभोक्ता व्यवहार, विज्ञापन रणनीति र संस्थागत साझेदारी निर्माणमा मलिकको अनुभव अतुलनीय छ । उहाँको विशेषता भनेको मार्केटिङ योजनाको सफल कार्यान्वयन र स्थानीयस्तरदेखि राष्ट्रियस्तरका व्यवसायसँग प्रभावकारी समन्वय गर्नु हो ।