शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • चुनाव विशेष
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
    • धर्म संस्कृति
    • साहित्य
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • चुनाव विशेष
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
    • धर्म संस्कृति
    • साहित्य
  • ट्रेन्डिङ
  • #शंकास्पद वित्तीय कारोबार
  • #उपेन्द्रकुमार साह
  • #सागरकुमार साह
  • #२ अर्ब ३९ करोड
  • #सुरजकुमार
  • #वित्तीय अपराध
  • #कारागार चलान
  • #सरकारी वकिल कार्यालय
  • #राहुलकुमार गुप्ता
यहाँ खोज्नुहोस्
your add here your add here
उद्यमी मञ्च
  • गृहपृष्ठ
  • उद्यमी मञ्च
  • नेपालमा ग्यासको अभाव हुँदैन, स्टक गर्न थालेपछि ग्यासको माग बढ्यो : ग्यास उद्योगी निर्मल खत्री
नेपालमा ग्यासको अभाव हुँदैन, स्टक गर्न थालेपछि ग्यासको माग बढ्यो : ग्यास उद्योगी निर्मल खत्री ग्यासको अभाव होइन, उपभोक्ताको ‘प्यानिक स्टोरेज’ले माग बढायो : ग्यास उद्योगी निर्मल खत्री
धनन्जय मिश्र
धनन्जय मिश्र मंगलबार, भदौ २३, २०८३
A1 Beakery Add A1 Beakery Add

नेपालमा ग्यासको अभाव छ कि उपभोक्ताको ‘स्टोरेज’ले माग बढाएको हो ? चाडपर्व नजिकिँदै गर्दा ग्यासको आपूर्ति, मूल्यवृद्धि, सुरक्षा र उद्योगीका चुनौतीबारे उठिरहेका प्रश्नबीच ‘उद्यमी मञ्च’मा हामीले लियो ग्यास/बारा ग्यासका प्रबन्ध निर्देशक निर्मल खत्रीज्यूसँग ग्यासको वास्तविक अवस्था, आपूर्ति प्रणाली र उपभोक्ताले अपनाउनुपर्ने सावधानीबारे ‘उद्यमी मञ्च’ मा प्रस्ताेता धनन्जय मिश्राले गर्नुभएकाे कुराकानी : 


  • सर्वप्रथम उद्योग क्षेत्रमा तपाईं कसरी प्रवेश गर्नुभयो ?

मेरो व्यावसायिक यात्रा सानै उमेरदेखि सुरु भएको हो । सुरुमा हामी इँटा उद्योगमा थियौँ । रानीघाटमा करिब १५–२० वर्ष इँटा भट्टा सञ्चालन गरियो । त्यससँगै मिठाई तथा अन्य व्यवसायमा पनि संलग्न भएँ । त्यसपछि करिब १५ वर्षअघि ग्यास उद्योगमा प्रवेश गरेँ । अहिले हामीसँग बारा ग्यास ब्रान्डअन्तर्गत बोटलिङ प्लान्ट सञ्चालनमा छ । समग्रमा भन्नुपर्दा करिब २०–२५ वर्षको व्यावसायिक अनुभव मैले हासिल गरेको छु ।


  • युवा पुस्ता अहिले उद्यमशीलतातर्फ आकर्षित छ । तर अनुभवको कमी हुन्छ । तपाईंको लामो व्यावसायिक अनुभवबाट नयाँ उद्यमीले के सिक्न सक्छन् ?

व्यवसाय भनेको पैसा कमाउने माध्यम मात्र होइन, यो एउटा जिम्मेवारी पनि हो । कुनै पनि क्षेत्रमा प्रवेश गर्नुअघि त्यसबारे अध्ययन र अनुसन्धान आवश्यक छ । व्यवसायमा चुनौती आउँछन्, समस्या आउँछन् । तर त्यसबाट भाग्ने होइन, त्यसलाई सामना गर्दै अघि बढ्नुपर्छ । सबैभन्दा महत्वपूर्ण कुरा भनेको इमानदारी, मेहनत, समर्पण र स्पष्ट दृष्टिकोण हो ।

अर्को महत्वपूर्ण पक्ष टिमवर्क हो । एउटा उद्योग उद्योगीले मात्र चलाउने होइन । कर्मचारी, डिलर, ड्राइभर, श्रमिक, विक्रेता र उपभोक्तासम्म सबैको भूमिका हुन्छ ।

Add Sarwotam HospitalAdd Sarwotam Hospital

  • अहिले ग्यासको अभाव भएको चर्चा निकै सुनिन्छ । तपाईं उद्योगीको दृष्टिकोणबाट हेर्दा वास्तविक समस्या के हो ?

वास्तविकता के हो भने नेपालमा अहिले ग्यासको अभाव छैन । पर्याप्त मात्रामा ग्यास आइरहेको छ । 

नेपालको सामान्य मासिक खपत करिब ४५ हजारदेखि बढीमा ५० हजार मेट्रिक टनसम्म हुन्छ । तर गत अगस्ट महिनामा मात्रै करिब ६५ हजार मेट्रिक टन ग्यास उठाइएको थियो । यसको मुख्य कारण उपभोक्ताले आवश्यकताभन्दा बढी ग्यास स्टक गर्न थालेका हुन् । ग्यास नपाइएला कि भन्ने डरले घर–घरमा धेरै सिलिन्डर राख्न थालिएपछि माग अस्वाभाविक रूपमा बढेको हो ।


  • त्यसो भए अहिले देखिएको ग्यास अभाव वास्तविकभन्दा बढी मानसिक त्रास अर्थात् ‘प्यानिक’का कारण हो ?

धेरै हदसम्म त्यही हो । सामान्य अवस्थामा एउटा परिवारलाई एउटा सिलिन्डर डेढ महिनासम्म पुग्न सक्छ । तर उपभोक्ताले भोलि ग्यास नपाइएला भनेर आजै दुई–चारवटा सिलिन्डर राख्न थालेपछि बजारमा चाप पर्छ । एउटै व्यक्तिले फरक–फरक डिलरबाट सिलिन्डर लिने र घरमा स्टक गर्ने प्रवृत्तिले पनि समस्या बढाएको छ ।


  • तर ग्यास आपूर्ति गर्ने क्रममा भारततर्फका रिफाइनरीमा समस्या आएको कुरा पनि छ नि ?

हो, केही समय भारतका हल्दिया र दुर्गापुर रिफाइनरीसँग सम्बन्धित समस्या आएका थिए । त्यसले आपूर्ति व्यवस्थापनमा केही चुनौती सिर्जना गर्‍यो । नेपालमा भारतका विभिन्न रिफाइनरीबाट ग्यास आउँछ । केही रिफाइनरी बन्द हुँदा अन्य रिफाइनरीले अतिरिक्त भार लिनुपर्‍यो । ढुवानी दूरी बढ्दा गाडीको रोटेसनमा पनि असर पर्छ ।

तर यसको अर्थ भारतबाट नेपालमा ग्यास आपूर्ति रोकिएको होइन । नेपाल आयल निगम र भारतीय आयल कर्पोरेसनबीच निरन्तर समन्वय भइरहेको छ ।


  • अहिलेको प्राकृतिक विपद्ले पनि ग्यास आपूर्तिमा असर गरेको छ । विशेषगरी काठमाडौंसम्म ग्यास पुर्‍याउन कस्तो समस्या छ ?

भोटेकोशी क्षेत्रमा आएको बाढी तथा पहिरोले सडक यातायात प्रभावित भएपछि काठमाडौं उपत्यकातर्फ ग्यास बुलेट लैजान समस्या भएको छ ।

१४ र १६ चक्के ठूला ट्यांकरहरू सबै सडकमा सहज रूपमा जान सक्दैनन् । त्यसैले अहिले बारा, पर्सा, चितवन र मकवानपुर क्षेत्रका उद्योगमा अतिरिक्त भार परेको छ । काठमाडौंमा आवश्यक पर्ने ग्यासको बोटलिङसमेत अहिले वीरगञ्ज–बारा क्षेत्रका उद्योगहरूले गरिरहेका छन् । हामीले यसलाई व्यवसायभन्दा पनि राष्ट्रिय दायित्वका रूपमा लिएका छौँ ।


  • तपाईंहरूले काठमाडौंका लागि समेत ग्यास उपलब्ध गराइरहनुभएको छ । उद्योगीका रूपमा यो कति चुनौतीपूर्ण छ ?

पक्कै पनि चुनौतीपूर्ण छ । हामी आफैँ पनि पाँच महिनादेखि अत्यधिक दबाबमा काम गरिरहेका छौँ । बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म अतिरिक्त सिफ्टमा काम भइरहेको छ । तर देश कठिन अवस्थामा हुँदा उद्योगीले पनि आफ्नो जिम्मेवारी पूरा गर्नुपर्छ । काठमाडौंका उपभोक्ता पनि हाम्रै देशका नागरिक हुन् । त्यसैले हामीले सकेसम्म सहयोग गरेका छौँ ।


  • अब ग्यासको मूल्यको कुरा गरौँ । उपभोक्ताले अहिले ग्यासको मूल्य बढेको महसुस गरिरहेका छन् । यसको वास्तविक कारण के हो ?

ग्यासको मूल्य निर्धारणमा अन्तर्राष्ट्रिय बजार, कच्चा तेलको मूल्य र अमेरिकी डलरको विनिमय दरजस्ता विषयले प्रभाव पार्छन् ।

भारतबाट आउने ग्यासको मूल्यमा पनि त्यसअनुसार परिवर्तन हुन्छ । नेपाल आयल निगमले भारतीय आयल कर्पोरेसनसँगको मूल्यअनुसार समायोजन गर्छ । अहिले केही समयअघि १ हजार ९१० रुपैयाँ रहेको ग्यासको मूल्य बढेर २ हजार ६० रुपैयाँ पुगेको छ । उपभोक्तामाथि त्यसको प्रत्यक्ष असर परेको छ ।


  • नेपालमा ग्यासमा सरकारी अनुदान नहुँदा उपभोक्तालाई थप भार परेको हो ?

नेपालमा अहिले प्रत्यक्ष रूपमा उपभोक्तालाई सब्सिडी दिइएको छैन । तर नेपाल आयल निगमले ग्यासमा ठूलो घाटा बेहोर्दै आएको छ । त्यसैले अब दीर्घकालीन रूपमा लक्षित उपभोक्तालाई सहुलियत दिने र व्यावसायिक प्रयोगलाई छुट्टै व्यवस्थापन गर्ने प्रणाली आवश्यक छ ।


  • तपाईंले ‘कस्टमर भेरिफिकेसन’को कुरा पनि गर्नुभयो । नेपालमा उपभोक्ता पहिचान प्रणाली किन आवश्यक छ ?

अहिले एउटै व्यक्तिले फरक–फरक डिलरबाट धेरै सिलिन्डर लिन सक्ने अवस्था छ । यसले वास्तविक उपभोक्ता र अतिरिक्त स्टक गर्ने उपभोक्ताबीच फरक छुट्याउन गाह्रो हुन्छ ।

यदि ग्राहकलाई कुनै निश्चित डिलरसँग म्यापिङ गरियो वा ग्राहक भेरिफिकेसन प्रणाली लागू गरियो भने कसको कति खपत हुन्छ भन्ने तथ्यांक पनि स्पष्ट हुन्छ । यसले उपभोक्तालाई सहज रूपमा ग्यास उपलब्ध गराउन र बजारमा कृत्रिम अभाव सिर्जना हुन नदिन सहयोग गर्छ ।


  • केही वर्षअघि पनि ग्यासका लागि कार्ड प्रणाली लागू गर्ने प्रयास भएको थियो । त्यो सफल हुन नसक्नुको कारण के होला ?

प्रणाली ल्याउनु मात्र पर्याप्त हुँदैन । त्यसको कार्यान्वयन पनि प्रभावकारी हुनुपर्छ । सरकार, उद्योगी, विक्रेता र उपभोक्ता सबैको जिम्मेवारी हुन्छ । हामी प्रणाली बनाउन आतुर हुन्छौँ, तर कार्यान्वयनमा कमजोरी देखिन्छ । अब आउने प्रणालीलाई सबै पक्षको सहभागितामा व्यावहारिक र प्रभावकारी बनाउनुपर्छ ।


  • ग्यास सकिन लागेको उपभोक्ताले कसरी थाहा पाउने ? प्रविधिमार्फत यसको जानकारी लिन सकिने व्यवस्था गर्न सकिँदैन ?

अहिले त्यस्तो प्रविधियुक्त रेगुलेटरहरू बजारमा उपलब्ध छन्, जसले सिलिन्डरमा कति ग्यास बाँकी छ भन्ने जानकारी दिन सक्छ । तर यसको मूल्य सामान्य रेगुलेटरभन्दा बढी हुन्छ । उपभोक्ताले सुरक्षालाई प्राथमिकता दिएर यस्ता उपकरण प्रयोग गर्नुपर्छ ।


  • ग्यासबाट हुने दुर्घटनाको मुख्य कारण ग्यास आफैँ हो कि रेगुलेटर तथा पाइपको समस्या ?

धेरै अवस्थामा समस्या ग्यासमा होइन, रेगुलेटर, पाइप वा चुहावटबाट हुने गर्छ । ग्यास चुहिएर आगोको सम्पर्कमा आएपछि दुर्घटना हुन सक्छ । त्यसैले गुणस्तरीय पाइप र रेगुलेटर प्रयोग गर्नु अत्यन्तै महत्वपूर्ण छ । उपभोक्ताले ग्यासको गन्ध आएमा आत्तिनु हुँदैन । तत्काल आगो निभाउने, रेगुलेटर बन्द गर्ने र सुरक्षित स्थानमा जानेजस्ता सावधानी अपनाउनुपर्छ ।


  • ग्यास सिलिन्डरको सुरक्षाको विषयमा पनि धेरै प्रश्न उठ्ने गर्छ । सिलिन्डरको म्याद कसरी जाँच गर्ने ?

ग्यास सिलिन्डरमा परीक्षणको विवरण उल्लेख गरिएको हुन्छ । सिलिन्डरको निश्चित अवधिपछि हाइड्रो टेस्ट गरिन्छ । हाइड्रो टेस्टमा सिलिन्डरको प्रेसर र अवस्थाको परीक्षण हुन्छ । कुनै समस्या देखिएमा त्यस्तो सिलिन्डर प्रयोगबाट हटाइन्छ । परीक्षणमा ठीक देखिएमा पुनः निश्चित अवधिका लागि प्रयोग गर्न अनुमति दिइन्छ ।

त्यसैले उपभोक्ताले सिलिन्डरको टायर वेट, परीक्षण विवरण र सिलको अवस्था पनि हेर्नुपर्छ ।


  • ग्यास उद्योगहरूमा सुरक्षाको मापदण्ड कस्तो हुन्छ ?

ग्यास उद्योगमा सुरक्षा सबैभन्दा महत्वपूर्ण विषय हो । हाम्रो उद्योगमा ठूलो क्षमताको पानी भण्डारण प्रणाली, फायर एक्स्टिङ्ग्विसर र आपतकालीन सुरक्षा प्रणाली राखिएको छ । अपरेटरहरूले दैनिक चेकलिस्टअनुसार प्रेसर गेज, जेनेरेटर, कम्प्रेसर रुम, भल्भ तथा अन्य संवेदनशील क्षेत्र जाँच गर्छन् ।

त्यसैगरी कर्मचारीलाई नियमित रूपमा फायर ड्रिल र सुरक्षा तालिम दिइन्छ । डिलरहरूलाई पनि आपतकालीन अवस्थामा उपभोक्तासँग कसरी व्यवहार गर्ने भन्ने तालिम दिइरहेका छौँ ।


  • ग्यास सिलिन्डरमा बीमाको व्यवस्था छ कि छैन ?

छ । नेपालका ग्यास उद्योगका सिलिन्डरहरू बीमाको दायरामा छन् । हाम्रो कम्पनीले प्रत्येक सिलिन्डरका लागि बीमा व्यवस्था गरेको छ । हाम्रो हकमा करिब एक करोड रुपैयाँसम्मको बीमा कभरको व्यवस्था छ । कुनै दुर्घटना भएमा बीमा कम्पनीसँगको प्रक्रियाअनुसार क्षतिपूर्ति उपलब्ध गराउने व्यवस्था हुन्छ ।


  • अब उद्योग क्षेत्रको समग्र समस्यातर्फ जाऔँ । ग्यास उद्योगीका प्रमुख समस्या के हुन् ?

विभिन्न समस्या छन् । ढुवानी, कर, टीडीएसलगायतका विषय छन् । विशेषगरी ढुवानीमा नेपाली नम्बरका बुलेट प्रयोग गर्न सकियो भने देशकै पैसा देशभित्र रहन्छ । उद्योगीले पनि सेवा सहज रूपमा पाउँछन् र यातायात व्यवसाय पनि विस्तार हुन्छ । अर्को विषय टीडीएसको हो । विभिन्न ठाउँमा फरक–फरक दरको अभ्यास देखिन्छ । यसलाई सरकारले स्पष्ट र एकरूप बनाउन आवश्यक छ ।


  • नयाँ पुस्ताका उद्यमीलाई तपाईंको मुख्य सुझाव के छ ?

पहिलो कुरा—उद्यम गर्न डराउनु हुँदैन । तर कुनै व्यवसाय सुरु गर्नुअघि त्यसको बजार, जोखिम, लगानी र सम्भावनाबारे राम्रोसँग अनुसन्धान गर्नुपर्छ । व्यवसायमा चुनौती आउँछन् । त्यसलाई सामना गर्दै अघि बढ्नुपर्छ । इमानदारी, मेहनत र जिम्मेवारीका साथ काम गर्ने हो भने सफलता सम्भव छ । 

र सबैभन्दा महत्वपूर्ण कुरा—व्यवसाय टिमवर्क हो । एक्लै सफल हुन सकिँदैन ।


  • अन्त्यमा, नेपाल सरकारलाई ग्यास उद्योगीका तर्फबाट तपाईंको मुख्य सुझाव के छ ?

नेपालको अर्थतन्त्रलाई चलायमान बनाउने प्रमुख आधार उद्योग हो । त्यसैले सरकारले उद्योगीलाई समस्या परेको बेला संरक्षण र सहजीकरण गर्नुपर्छ । सरकार र उद्योगीबीच स्पष्ट समन्वय र दीर्घकालीन रोडम्याप आवश्यक छ । कुन क्षेत्रमा कति उद्योग आवश्यक छन्, बजारको आवश्यकता कति छ, आयात–निर्यातको अवस्था के छ भन्ने अध्ययन गरेर नीति बनाउनुपर्छ ।

उद्योगीले लगानी गर्छ, रोजगारी सिर्जना गर्छ र सरकारलाई कर तिर्छ । त्यसैले उद्योगको लगानी सुरक्षित बनाउने दायित्व सरकारको पनि हो ।


  • अन्त्यमा, अहिले ग्यासको विषयमा सबैभन्दा ठूलो सन्देश नेपाली उपभोक्तालाई के दिन चाहनुहुन्छ ?

मेरो स्पष्ट सन्देश छ—ग्यासको अभाव छैन । उपभोक्ताले आत्तिनुपर्ने अवस्था छैन । नेपालमा आवश्यकताभन्दा बढी ग्यास आयात भइरहेको छ । अगस्ट महिनामा मात्रै सामान्य खपतभन्दा निकै बढी ग्यास उठाइएको छ ।

त्यसैले घरमा आवश्यकताभन्दा बढी सिलिन्डर थुपारेर राख्नु हुँदैन । आज एउटा सिलिन्डर छ भने त्यो सकिन लाग्दा अर्को ल्याउँदा पुग्छ । नेपाल आयल निगम र भारतीय आयल कर्पोरेसनबीच आपूर्तिका लागि निरन्तर समन्वय भइरहेको छ । आगामी दिनमा पनि ग्यासको आपूर्तिमा ठूलो समस्या नआउनेमा उपभोक्तालाई आश्वस्त पार्न चाहन्छु ।


प्रकाशित मिति: मंगलबार, भदौ २३, २०८३  २१:२१
#बजार अनुगमन #एलपी ग्यास #उपभोक्ता #नेपाल ग्यास #खाना पकाउने ग्यास #ग्यास आपूर्ति #ग्यास स्टक #पेट्रोलियम आपूर्ति #ग्यास उद्योग #एलपीजी ग्यास
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप उद्यमी मञ्च
अघोषित पत्रकारिता नै महासंघका लागि चुनौती, युट्युबरको भीडमा हराउँदैछ वास्तविक पत्रकारिता : रुपेश सिंह (अध्यक्ष) कलर्स टीभी, एफएम र सनसनी खबर Episode-8
अघोषित पत्रकारिता नै महासंघका लागि चुनौती, युट्युबरको भीडमा हराउँदैछ वास्तविक पत्रकारिता : रुपेश सिंह (अध्यक्ष) कलर्स टीभी, एफएम र सनसनी खबर Episode-8 शुक्रबार, असोज २३, २०८३
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7 आइतबार, असोज १८, २०८३
उद्योग क्षेत्रको विकासका लागि तीनै तहका सरकारको साझा योजना आवश्यक: गजेन्द्र कुमार गुप्ता | Episode-6 | Interview |
उद्योग क्षेत्रको विकासका लागि तीनै तहका सरकारको साझा योजना आवश्यक: गजेन्द्र कुमार गुप्ता | Episode-6 | Interview | बुधबार, असोज ७, २०८३
वीरगंजको अर्थतन्त्र बाहिरबाट बलियो देखिए पनि भित्रभित्रै कमजोर बन्दैछ : दीपक खन्ना (सीए)
वीरगंजको अर्थतन्त्र बाहिरबाट बलियो देखिए पनि भित्रभित्रै कमजोर बन्दैछ : दीपक खन्ना (सीए) बुधबार, भदौ ३१, २०८३
सहरी क्षेत्रमा चिनी मिल सञ्चालन कठिन, उपयुक्त स्थानमा स्थानान्तरण गर्नु उचित : माधव राजपाल
सहरी क्षेत्रमा चिनी मिल सञ्चालन कठिन, उपयुक्त स्थानमा स्थानान्तरण गर्नु उचित : माधव राजपाल सोमबार, भदौ २२, २०८३
सरकारलाई आम्दानी भयो तर हाम्रो पैसा बजारमै छ : चन्दन सिंह (अध्यक्ष)
सरकारलाई आम्दानी भयो तर हाम्रो पैसा बजारमै छ : चन्दन सिंह (अध्यक्ष) बिहीबार, भदौ १८, २०८३
Multani Cream Add Multani Cream Add
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
वीरगंज–११ मा सामान्य वर्षामै जलमग्न सडक, वडा अध्यक्षकै घर जाने बाटोमा पानीको निकास छैन
वीरगंज–११ मा सामान्य वर्षामै जलमग्न सडक, वडा अध्यक्षकै घर जाने बाटोमा पानीको निकास छैन वीरगंज सिटी
सुपौली प्रशासनको सेवा अस्तव्यस्त, एक महिनापछि प्रमुख पठाउन लागिएको जिप्रकाकाे दाबी | Supauli Parsa | (भिडियो रिपोर्ट)
सुपौली प्रशासनको सेवा अस्तव्यस्त, एक महिनापछि प्रमुख पठाउन लागिएको जिप्रकाकाे दाबी | Supauli Parsa | (भिडियो रिपोर्ट) वीरगंज सिटी
वीरगंजको सूर्या हस्पिटलमा सुत्केरीको दुवै मिर्गौला फेल, स्वास्थ्य मन्त्रालय र मेडिकल काउन्सिल मौन (भिडियाे रिपाेर्ट)
वीरगंजको सूर्या हस्पिटलमा सुत्केरीको दुवै मिर्गौला फेल, स्वास्थ्य मन्त्रालय र मेडिकल काउन्सिल मौन (भिडियाे रिपाेर्ट) वीरगंज सिटी
Titan Birgunj Titan Birgunj
समाज
भाडाको घरमा चलिरहेको थियो सुनको अवैध कारखाना
भाडाको घरमा चलिरहेको थियो सुनको अवैध कारखाना वीरगंज सिटी
पिकअप र सिटी सफारी ठोक्किँदा २ वर्षीया बालिकाको मृत्यु, वृद्धा घाइते
पिकअप र सिटी सफारी ठोक्किँदा २ वर्षीया बालिकाको मृत्यु, वृद्धा घाइते वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
नवरात्रमा वीरगंजमा चुनरी यात्रा आयोजना हुने, १० हजार महिला तथा भक्तजन सहभागी हुने अपेक्षा
नवरात्रमा वीरगंजमा चुनरी यात्रा आयोजना हुने, १० हजार महिला तथा भक्तजन सहभागी हुने अपेक्षा वीरगंज सिटी
पर्सागढीमा आँखा शिविर : २ हजार २१८ जनाको परीक्षण, ५४३ जनामा मोतियाबिन्दु
पर्सागढीमा आँखा शिविर : २ हजार २१८ जनाको परीक्षण, ५४३ जनामा मोतियाबिन्दु वीरगंज सिटी
वीरगंज–२१ मा चार वर्षदेखि नाला सफा भएन, महानगर र वडा नेतृत्वमाथि प्रश्न
वीरगंज–२१ मा चार वर्षदेखि नाला सफा भएन, महानगर र वडा नेतृत्वमाथि प्रश्न वीरगंज सिटी
Dav Rb Kedia Ad Dav Rb Kedia Ad
विशेष खोज
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट)
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट) जितेन्द्र साह
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित)
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित) जितेन्द्र साह
सखुवा प्रसौनी गापा अध्यक्ष जसवन्त यादव पक्राउमा, पुर्वमन्त्री प्रमोद जैसवालका पूर्वस्वकीय सचिवको "आश्चर्यजनक भिडियोग्राफि"
सखुवा प्रसौनी गापा अध्यक्ष जसवन्त यादव पक्राउमा, पुर्वमन्त्री प्रमोद जैसवालका पूर्वस्वकीय सचिवको "आश्चर्यजनक भिडियोग्राफि" वीरगंज सिटी
हामीलाई भन्नुछ
सरकारले  विद्यालयमा लयाएकाे दिवा खाजा कार्यक्रम सञ्चालनमा छ त ?
सरकारले विद्यालयमा लयाएकाे दिवा खाजा कार्यक्रम सञ्चालनमा छ त ? वीरगंज सिटी
हरेक वर्ष उही समस्या, सामान्य वर्षामै वीरगंज केही स्थानका सडकमा पानी किन जम्छ ?
हरेक वर्ष उही समस्या, सामान्य वर्षामै वीरगंज केही स्थानका सडकमा पानी किन जम्छ ? वीरगंज सिटी
उद्यमी मञ्च
अघोषित पत्रकारिता नै महासंघका लागि चुनौती, युट्युबरको भीडमा हराउँदैछ वास्तविक पत्रकारिता : रुपेश सिंह (अध्यक्ष) कलर्स टीभी, एफएम र सनसनी खबर Episode-8
अघोषित पत्रकारिता नै महासंघका लागि चुनौती, युट्युबरको भीडमा हराउँदैछ वास्तविक पत्रकारिता : रुपेश सिंह (अध्यक्ष) कलर्स टीभी, एफएम र सनसनी खबर Episode-8 वीरगंज सिटी
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7 वीरगंज सिटी
उद्योग क्षेत्रको विकासका लागि तीनै तहका सरकारको साझा योजना आवश्यक: गजेन्द्र कुमार गुप्ता | Episode-6 | Interview |
उद्योग क्षेत्रको विकासका लागि तीनै तहका सरकारको साझा योजना आवश्यक: गजेन्द्र कुमार गुप्ता | Episode-6 | Interview | वीरगंज सिटी
वीरगंज विशेष
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान वीरगंज सिटी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी वीरगंज सिटी
‘आफ्नो सन्तान नभएकाले’ अस्पतालबाट नवजात शिशु चोरी गरेकाे खातुनकाे प्रारम्भिक बयान
‘आफ्नो सन्तान नभएकाले’ अस्पतालबाट नवजात शिशु चोरी गरेकाे खातुनकाे प्रारम्भिक बयान वीरगंज सिटी
खेलकुद
विश्वकप टिकट र खेल सामग्री खरिदमा अनियमितताको आरोप
विश्वकप टिकट र खेल सामग्री खरिदमा अनियमितताको आरोप वीरगंज सिटी
मेस्सीको अन्तर्राष्ट्रिय फुटबल यात्रामा पूर्णविराम, ८५ हजार समर्थक बने साक्षी
मेस्सीको अन्तर्राष्ट्रिय फुटबल यात्रामा पूर्णविराम, ८५ हजार समर्थक बने साक्षी वीरगंज सिटी
जनगुनासो
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो |
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो | वीरगंज सिटी
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ निक्की नेपाली
मनोरञ्जन
निखिल उप्रेतीको कमब्याक असफल, ‘आचार्य’ले पाएन दर्शकको साथ
निखिल उप्रेतीको कमब्याक असफल, ‘आचार्य’ले पाएन दर्शकको साथ वीरगंज सिटी
९० दिनको छायाङ्कनपछि ‘जुबा’ तयार हुँदै, सौगात मुख्य भूमिकामा
९० दिनको छायाङ्कनपछि ‘जुबा’ तयार हुँदै, सौगात मुख्य भूमिकामा वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
Like us on Facebook
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP