काठमाडौं । सुन तस्करी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वसभामुख तथा माओवादी नेता कृष्णबहादुर महरा रिहा भएका छन् ।
उच्च अदालत पाटनले बिहीबार महरालाई थुनामुक्त गर्ने आदेश दिएसँगै उनको रिहाइ प्रक्रिया अघि बढेको हो । यसअघि जिल्ला अदालत काठमाडौंले दिएको फैसलालाई उल्ट्याउँदै उच्च अदालतले महरालाई २० लाख रुपैंया धरौटीमा रिहा गर्न आदेश गरेको थियो ।
आदेशपछि महराले २० लाख धरौटीमध्ये २० हजार रुपैयाँ नगद बुझाएर कारागारबाट बाहिरिएका छन् ।