आगामी प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुशील कुमार कानुले वीरगंज महानगरपालिका वडा नं २४, रामगढवा बहुवरीमा व्यापक जनसम्पर्क कार्यक्रम सम्पन्न गरेका छन् ।
कार्यक्रममा स्थानीय वृद्ध, युवा, महिलाहरूले उम्मेदवार कानुको घण्टी अभिवादन गर्दै स्वागत गरेका थिए । कार्यक्रममा यस क्षेत्रका स्थानीय जनता, बुथ सभापति तथा पार्टी कार्यकर्तासँग प्रत्यक्ष संवाद गर्दै आफ्नो निर्वाचन अभियानलाई तीव्र बनाएका छन् ।
उम्मेदवार कानुले आफ्नो प्राथमिकतामा क्षेत्रको विकास, रोजगारी सिर्जना, शिक्षा, स्वास्थ्य र महिला सशक्तिकरणलाई राख्ने बताएका थिए । उनले मतदातालाई घण्टी चुनाव चिन्हमा मतदान गरेर राष्ट्रिय स्वतन्त्र पार्टीको समर्थन गर्न आग्रह गरेका थिए ।
कार्यक्रमका क्रममा उम्मेदवार कानुले घरदैलोमा स्थानीय वासिन्दासँग प्रत्यक्ष भेटघाट गर्दै पार्टीका नीति, कार्यक्रम र आगामी योजनाबारे जानकारी दिएका थिए । स्थानीय जनता पनि आफ्नो आवश्यकता, समस्या र अपेक्षाबारे प्रत्यक्ष उम्मेदवारसँग छलफल गर्न पाउँदा उत्साहित देखिएकाे उनले बताएका छन् ।
कार्यक्रममा रास्वापा नेताहरू, बुथ सभापति, युवा कार्यकर्ताको उल्लेख्य उपस्थिति रहेको थियो । उम्मेदवार कानुले पार्टीको एकता र संगठनलाई मजबुत बनाउन बुथ स्तरदेखि सक्रिय रहने आवश्यकतामा जोड दिएका थिए ।