राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि स्पष्ट बहुमतसहितको जनमत दिन देशभरका नागरिकलाई अपिल गरेको छ ।
आइतबार पार्टीका सभापति रवि लामिछाने ले एक करार पत्र सार्वजनिक गर्दै, मतदाताबाट विश्वास पाए ५ वर्ष भित्र पुरा गरिने ५ बुँदे योजना प्रस्तुत गरेका छन् ।
पार्टीले जनाएको छ कि करारमा उल्लेखित पाँच बुँदा ५ वर्ष भित्र पुरा नगरेको खण्डमा अर्को निर्वाचनमा जनताले सजाय दिन सक्नेछन् । रास्वपाले आफ्नो करार पत्रमार्फत भ्रष्टाचार नियन्त्रणमा विशेष ध्यान दिने र महाअभियान चलाउने घोषणा गरेको छ ।
यस अन्तर्गत: २०४६ साल यताको उच्च पदस्थको भ्रष्टाचार छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्ने, सरकारी सेवालाई पूर्णतया अनलाइनमा आधारित बनाउने, भ्रष्टाचार सुचकांकमा व्यापक सुधार गर्ने ।
पार्टीले जनतालाई डिजिटल डेलीभरी सुविधा उपलब्ध गराइने भन्दै भनेको छ, “लाइनमा बस्नु पर्दैन, अनलाइन सेवा सुविधा मार्फत सेवा प्रदान गरिने छ ।”
-1771150734.jpg)