युवा पत्रकार कृष्णा कुशवाहा नेपाल सरकारको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताको अवैतनिक प्रेस सल्लाहकारमा नियुक्त भएका छन् ।
कुशवाहा हाल ज्योती मिडियाका कार्यकारी सम्पादक तथा प्रेस चौतारी नेपाल पर्साका सहसचिवका रूपमा सक्रिय छन् । लामो समयदेखि पत्रकारितामा संलग्न कुशवाहा ज्योती मिडियामा विभिन्न समाचार लेख्दै आएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका माननीय मन्त्री राजकुमार गुप्ताले कुशवाहालाई यो जिम्मेवारी प्रदान गरेका हुन् ।
कुशवाहाको नियुक्ति उनी पत्रकारिता क्षेत्रमा पुर्याएको योगदानको कदर स्वरूप गरिएको मन्त्री गुप्ताको सचिवालयले जनाएको छ ।