काठमाडौं । मधेस प्रदेशका पूर्वप्रमुख राजेश अहिराज बलात्कार मुद्दामा दोषी ठहर भएका छन् ।
एमालेको काेटाबाट मधेस प्रदेशका पूर्वप्रमुख बनेका राजेश अहिराज बलात्कार मुद्दामा दोषी ठहर भएका हुन् । काठमाडौं जिल्ला अदालतका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले मंगलबार उनलाई बलात्कार मुद्दामा दोषी ठहर गरेको हो । अदालतले सजाय निर्धारणका लागि बिहीबार पेसी तोकेको छ ।
यसअघि काठमाडौं जिल्ला अदालतका न्यायाधीश पिताम्बर शर्माको इजलासले २०८२ साउनमा राजेश अहिराजलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो । सोही मुद्दामा भएको अन्तिम सुनुवाइपछि अदालतले उनलाई दोषी ठहर गरेको हो ।
अब अदालतले बिहीबार हुने सजाय निर्धारण (फैसला कार्यान्वयन) प्रक्रियामार्फत कैद र जरिवानासम्बन्धी अन्तिम निर्णय सुनाउनेछ ।
