राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सभापति रवि लामिछानेको गिरफ्तारीको विरोधमा आज पनि पोखरामा प्रदर्शन गर्ने तयारी गरेको छ। मध्यान्ह १२ बजे पृथ्वीचोकमा विरोध प्रदर्शनको कार्यक्रम आयोजना गरिएको छ। रास्वपाले सरकारले राजनीतिक प्रतिशोध साँधेको आरोप लगाउँदै विरोधलाई निरन्तरता दिने जनाएको छ।
शनिबारदेखि विरोधमा उत्रिएको रास्वपाले आफ्ना नेता-कार्यकर्तालाई प्रदर्शनमा सहभागी हुन आह्वान गरेको छ। आइतबार पनि शहिदचोकमा निषेधाज्ञा तोड्दै रास्वपाका कार्यकर्ताले प्रदर्शन गरेका थिए।
अदालतले रवि लामिछानेलाई ६ दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिइसकेको छ, रास्वपाले भने सरकारको कदमलाई राजनीतिक प्रतिशोधका रूपमा व्याख्या गरेको छ।