पर्सा । विश्व वन दिवसको अवसरमा पर्साको जगरनाथपुर गाउँपालिकामा वृक्षारोपण कार्यक्रम आयोजना गरिएको छ । समृद्धिका लागि वन परियोजना अन्तर्गत जगरनाथपुर गाउँपालिका–५ मसिहानीस्थित पशुपक्षी सेवा कार्यालयको प्राङ्गणमा अध्यक्ष श्रीकान्त यादवले विभिन्न प्रजातिका बिरुवा रोपेर कार्यक्रमको उद्घाटन गरे ।
उद्घाटन गर्दै अध्यक्ष यादवले स्वच्छ वातावरणका लागि वृक्षारोपण आवश्यक रहेको उल्लेख गरे । गाउँपालिकाले हाल सार्वजनिक जग्गामा दुई स्थानमा वन विस्तार गरिसकेको उनले जानकारी दिए ।
वृक्षारोपण कार्यक्रम गाउँपालिका अध्यक्ष श्रीकान्त यादवको अध्यक्षतामा सम्पन्न भयो । कार्यक्रममा उपाध्यक्ष बबिता सिंह, प्रमुख प्रशासकीय अधिकृत सन्देश यादव, वन अधिकृत पप्पु यादव, वडा अध्यक्ष बिहारी महतो नुनिया, नेपाली कुशवाहा, नेपाली काँग्रेसका नेता प्रेम थापा, रमेश कुशवाहा, शिक्षा प्रमुख अशोक सिंह, ईन्जिनियर महमद सदाम हुसेन, जनप्रतिनिधि, कर्मचारी, पत्रकार तथा स्थानीयवासीको सहभागिता रहेको थियो ।