सर्लाही | सर्लाही जिल्लाको पर्सा गाउँपालिका–२ बाट एक युवकलाई अवैध हतियारसहित प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्ने व्यक्ति पर्सा गाउँपालिका–४ निवासी २३ वर्षीय दिपक साह रहेका छन् ।
शनिवार दिउँसो नारायणपुर प्रहरी चौकीबाट खटिएको टोलीले विशेष सूचनाका आधारमा उनलाई कटुवा पेस्तोल १ थान र सोसँगै १ राउण्ड गोलीसहित नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार साहलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको छ। अनुसन्धानपछि विस्तृत विवरण सार्वजनिक गरिने प्रहरीले जनाएको छ ।