शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
Dashain Banner
Dashain Banner
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • ट्रेन्डिङ
  • #कारागार चलान
  • #२ अर्ब ३९ करोड
  • #जिल्ला अदालत पर्सा
  • #धरौटीमा रिहा
  • #शंकास्पद वित्तीय कारोबार
  • #सागरकुमार साह
  • #उपेन्द्रकुमार साह
  • #सरकारी वकिल कार्यालय
  • #वित्तीय अपराध
यहाँ खोज्नुहोस्
your add here your add here
राष्ट्रिय
  • गृहपृष्ठ
  • राष्ट्रिय
  • खानेपानी मन्त्रीको जिल्लामा पानीको संकट भयावह, समाधान हुन तीन वर्ष लाग्ने
खानेपानी मन्त्रीको जिल्लामा पानीको संकट भयावह, समाधान हुन तीन वर्ष लाग्ने पर्साका सबै पालिकामा खानेपानीको संकट, डीप बोरिङ र पाइपलाइन भए पनि खानेपानी अभाव उस्तै
वीरगंज सिटी
वीरगंज सिटी बुधबार, असार ४, २०८२
A1 Beakery Add A1 Beakery Add

वीरगंज महानगरपालिकासहित पर्सा जिल्लाका अधिकांश पालिकाहरूमा यस वर्ष पनि खानेपानीको समस्या तीव्र बन्दै गएको छ ।

खानेपानी मन्त्री प्रदिप यादवकाे जिल्ला भएपनी यहाँका जनता पानीबाट राहत पाउन सकेकाे छैन् । भूमिगत जलको सतह घट्दै गएपछि यहाँका चापाकलहरू सुक्न थालेका छन् । अहिले अधिकांश परिवारहरू पानीको चरम अभावमा छन् । गत दुई वर्षदेखि चापाकल सुक्ने समस्या गम्भीर बन्दै गएको हो ।

पहिले सार्वजनिक स्थानहरूमा मात्र समस्या देखिएको भए पनि अहिले घरायसी प्रयोजनका चापाकलहरूमा समेत पानी आउन छाडेको छ । वीरगंज महानगरको खानेपानी महाशाखाका प्रमुख राकेश साहका अनुसार हाल महानगरका करिब ९० प्रतिशत घरमा चापाकल जडान छन्, तर तीमध्ये ८० प्रतिशत चापाकलमा अहिले पानी आउन छाडेको छ ।

डीप बोरिङबाट पनि राहत मिलेन

खानेपानी संकट न्यूनीकरणका लागि महानगरले करिब डेढ सयवटा डीप बोरिङ जडान गरेको थियो । तर तीमध्ये ४० वटामा अझै पनि पाइपलाइन जडान हुन बाँकी छ ।

Add Sarwotam HospitalAdd Sarwotam Hospital

एउटा डीप बोरिङबाट अधिकतम ४० घरमा मात्र पानी पुर्‍याउन सकिने हुँदा यो समाधान पर्याप्त देखिएको छैन । अहिले अधिकांश मानिसहरू खानेपानी संस्थानको पाइपलाइन जडान गर्न बाध्य छन् । वीरगंजमा खानेपानी संस्थानका ग्राहक संख्या १० हजार पुगेकोमा गत वर्षदेखि तीव्र रूपमा वृद्धि भएको छ । संस्थानले बिहान, दिउँसो र साँझ गरी ११ घण्टासम्म पानी वितरण गरिरहेको भए पनि ग्राहक संख्यामा भएको बृद्धिका कारण आपूर्ति प्रभावकारी हुन सकेको छैन ।

पाइपबाट मोटर जडानले झनै समस्या

खानेपानी संस्थानको पाइपलाइनबाट सीधा मोटर जडान गरेर पानी तान्ने प्रवृत्तिले अन्य ग्राहकलाई समेत पानीको अभाव झेल्न बाध्य बनाएको छ । यसरी अनधिकृत रूपमा मोटर जडान गरिँदा संस्थानको प्रणाली मै दबाव परेको र पानीको गति कम भएको उपभोक्ताहरूको गुनासो छ ।

  • वीरगंजमा करिब ८० प्रतिशत चापाकलहरू सुकेका छन्, जसले घर–घरमा पानीको हाहाकार सिर्जना गरेको छ ।
  • महानगरले १५० भन्दा बढी डीप बोरिङ जडान गरे पनि धेरैमा अझै पाइपलाइन जडान भएको छैन ।
  • सरकारले १ अर्बको योजना पठाए पनि केवल १४ करोड मात्र बजेट आएको छ ।
  • एडिबीको सहयोगमा वीरगंजका सबै वडामा पाइप विस्तार, टंकी निर्माण र मर्मतको योजना तयार भएपनी योजना सम्पन्न हुन कम्तीमा तीन वर्ष लाग्छ ।
  • अधिकांश पालिकामा करोडौंको लागतमा खानेपानी टंकी निर्माण भए पनि हालसम्म सञ्चालनमा आएका छैनन् ।
  • टंकी निर्माणमा कमिशनमुखी प्रवृत्तिका कारण सेवा प्रवाह हुन सकेको छैन ।

बजेट अपुग, योजना अधुरो

खानेपानी समस्याको समाधानका लागि गत वर्ष एक अर्ब रुपैयाँको प्रस्ताव पठाइएको भए पनि केवल १४ करोड रुपैयाँ मात्र प्राप्त भएको खानेपानी संस्थानले जनाएको छ । यो बजेटले १४ वटा पालिकालाई समेट्न नसक्ने स्पष्ट छ । योजनाअनुसार १३२ किलोमिटर भूमिगत पाइपलाइन विस्तार गर्ने भनिएकोमा हालसम्म २० किलोमिटर मात्र विस्तार भएको छ ।

अबको आशा एडिबीको परियोजनाबाट

खानेपानी मन्त्रालयले एशियाली विकास बैंक (ADB) को सहयोगमा वीरगंजका ३२ वटै वडामा पाइपलाइन विस्तार, टंकी निर्माण र मर्मत कार्यको योजना अघि सारेको छ । आगामी साउन महिनामा ग्लोबल टेन्डर आह्वान गर्ने तयारी भइरहेको खानेपानी महाशाखा प्रमुख साहले जनाए। योजना पूरा हुन तीन वर्ष लाग्ने अनुमान छ ।

जिल्लाभरि समस्या विकराल

वीरगंज मात्र होइन, पर्सा जिल्लाका पोखरिया, बहुदरमाई, धोबिनी, छिपहरमाई, पकाहामैनपुर, कालिकामाई, विन्ध्यवासिनीलगायतका पालिकामा पनि चापाकलहरू सुक्न थालेका छन् । यी पालिकाहरूमा करोडौं खर्चेर खानेपानी टंकी त निर्माण गरिएको छ, तर पाइपलाइन विस्तार नभएको कारण ती अहिलेसम्म सञ्चालनमा आएका छैनन् ।

Parsa-Ma-Khanepani-ko-Hahakar---Birgunj-city-1750219363.jpg
सबै पालिकामा टंकी छ, अधिकांशमा पानी छैन

सबैभन्दा पहिले पोखरियामा दुई दशक अघि टंकी निर्माण भएको थियो । त्यसपछि पाइपलाइन विस्तार गरिएको भए पनि सञ्चालनमा आउन सकेको छैन । यस्तै अवस्था पर्सागढी, सखुवाप्रसौनीलगायत अन्य पालिकामा पनि देखिएको छ । स्थानीय तहका जनप्रतिनिधिहरूले खानेपानी मन्त्रालयमा पटक–पटक ध्यानाकर्षण गराए पनि समस्या समाधानमा खासै पहल भएको छैन ।

जङ्गल क्षेत्र थप जोखिममा

पर्सा जिल्लाको जङ्गल क्षेत्रका बासिन्दाहरू आर्टिजेन धारामार्फत पानी प्राप्त गर्थे । तर अहिले ती धाराहरू पनि सुक्न थालेपछि समस्या झनै जटिल बन्दै गएको छ । चापाकल जडान गरेर पानीको जोहो गरिँदै आएको भएपनि त्यहाँ पनि अब पानी आउन छाडेको स्थानीयले गुनासो गरेका छन् ।

सदरमुकाम वीरगंज मात्र नभइ पर्सा जिल्लाभरि चापाकल सुक्दै जाँदा खानेपानीको चरम संकट उत्पन्न भएको छ । हालैका राहत प्रयासहरू अपुग साबित भएका छन् । दीर्घकालीन समाधानका लागि तत्काल बजेट पाइपलाइन विस्तार, टंकी सञ्चालन आवश्यक देखिन्छ । अन्यथा, पर्साका हजारौं नागरिक आगामी तीन वर्षसम्म पनि पानीको अभावमा पिल्सिन बाध्य हुनेछन् ।

सम्बन्धित समाचार 

पानी बिनाको खानेपानी ट्याङ्की उद्‌घाटन, उद्घाटनमा व्यस्त खानेपानी मन्त्री, पानी बिना काकाकुल स्थानीय (भिडियाे सहित)
खानेपानी मन्त्रालयमा एजाजबाबु मार्फत योजना, मन्त्रीलाई करोडौँ कमिसन चेपुवामा हाकिम (भिडियाे रिपाेर्ट)

भिडियाे सामाग्री


प्रकाशित मिति: बुधबार, असार ४, २०८२  ०८:५२
#वीरगंज पानी समस्या #पर्सा खानेपानी संकट #चापाकल सुक्यो #खानेपानी संस्थान वीरगंज #एडिबी खानेपानी योजना #पर्सा पालिका टंकी #वीरगंज डीप बोरिङ #भूमिगत पानी संकट #नेपाल जल संकट #पाइपलाइन विस्तार समस्या
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप राष्ट्रिय
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल शनिबार, असोज २४, २०८३
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान मंगलबार, असोज ६, २०८३
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी मंगलबार, भदौ २३, २०८३
‘आफ्नो सन्तान नभएकाले’ अस्पतालबाट नवजात शिशु चोरी गरेकाे खातुनकाे प्रारम्भिक बयान
‘आफ्नो सन्तान नभएकाले’ अस्पतालबाट नवजात शिशु चोरी गरेकाे खातुनकाे प्रारम्भिक बयान सोमबार, भदौ १५, २०८३
नारायणी अस्पतालबाट एकदिने नवजात शिशुकाे चोरी, सरसफाइ कर्मचारीको भेषमा आएकी महिलाले बच्चा चाेरी गरी फरार (भिडियाे सहित)
नारायणी अस्पतालबाट एकदिने नवजात शिशुकाे चोरी, सरसफाइ कर्मचारीको भेषमा आएकी महिलाले बच्चा चाेरी गरी फरार (भिडियाे सहित) आइतबार, भदौ १४, २०८३
ठगी मुद्दामा हरिनारायण रौनियारका छोरा बुहारी सहित चार जनाविरुद्ध पक्राउ पुर्जी जारी (भिडियाे सहित)
ठगी मुद्दामा हरिनारायण रौनियारका छोरा बुहारी सहित चार जनाविरुद्ध पक्राउ पुर्जी जारी (भिडियाे सहित) बिहीबार, भदौ ११, २०८३
Multani Cream Add Multani Cream Add
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
वीरगंज–११ मा सामान्य वर्षामै जलमग्न सडक, वडा अध्यक्षकै घर जाने बाटोमा पानीको निकास छैन
वीरगंज–११ मा सामान्य वर्षामै जलमग्न सडक, वडा अध्यक्षकै घर जाने बाटोमा पानीको निकास छैन वीरगंज सिटी
सुपौली प्रशासनको सेवा अस्तव्यस्त, एक महिनापछि प्रमुख पठाउन लागिएको जिप्रकाकाे दाबी | Supauli Parsa | (भिडियो रिपोर्ट)
सुपौली प्रशासनको सेवा अस्तव्यस्त, एक महिनापछि प्रमुख पठाउन लागिएको जिप्रकाकाे दाबी | Supauli Parsa | (भिडियो रिपोर्ट) वीरगंज सिटी
वीरगंजको सूर्या हस्पिटलमा सुत्केरीको दुवै मिर्गौला फेल, स्वास्थ्य मन्त्रालय र मेडिकल काउन्सिल मौन (भिडियाे रिपाेर्ट)
वीरगंजको सूर्या हस्पिटलमा सुत्केरीको दुवै मिर्गौला फेल, स्वास्थ्य मन्त्रालय र मेडिकल काउन्सिल मौन (भिडियाे रिपाेर्ट) वीरगंज सिटी
Titan Birgunj Titan Birgunj
समाज
वीरगंज भन्सारका लिलामीका सामान सस्तोमा मिलाइदिने भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ
वीरगंज भन्सारका लिलामीका सामान सस्तोमा मिलाइदिने भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ वीरगंज सिटी
प्याडमा लागुऔषध लुकाएर कारागार पुगेका दिदीबहिनी पक्राउ
प्याडमा लागुऔषध लुकाएर कारागार पुगेका दिदीबहिनी पक्राउ वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
वीरगंजको मेनरोड विस्तारका लागि दुई खण्डमा ठेक्का आह्वान, मितेरी पुलदेखि घण्टाघरसम्म र घण्टाघरदेखि गण्डकसम्मकाे सडक निर्माणका लागि बाेलपत्र आह्वान
वीरगंजको मेनरोड विस्तारका लागि दुई खण्डमा ठेक्का आह्वान, मितेरी पुलदेखि घण्टाघरसम्म र घण्टाघरदेखि गण्डकसम्मकाे सडक निर्माणका लागि बाेलपत्र आह्वान वीरगंज सिटी
वीरगंज भन्सारका लिलामीका सामान सस्तोमा मिलाइदिने भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ
वीरगंज भन्सारका लिलामीका सामान सस्तोमा मिलाइदिने भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ वीरगंज सिटी
दशैं सुरु भएसँगै वीरगंजको घण्टाघरमा बोका–खसीको कारोबार
दशैं सुरु भएसँगै वीरगंजको घण्टाघरमा बोका–खसीको कारोबार वीरगंज सिटी
Dav Rb Kedia Ad Dav Rb Kedia Ad
विशेष खोज
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट)
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट) जितेन्द्र साह
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित)
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित) जितेन्द्र साह
हामीलाई भन्नुछ
दसैँ नजिकिँदै गर्दा बोका–खसीको कारोबार कस्तो छ ?व्यापारी र उपभोक्ताले मूल्यवृद्धिलाई कसरी लिएका छन् ?
दसैँ नजिकिँदै गर्दा बोका–खसीको कारोबार कस्तो छ ?व्यापारी र उपभोक्ताले मूल्यवृद्धिलाई कसरी लिएका छन् ? वीरगंज सिटी
कोइला डिपोको धुलोले स्थानीयको स्वास्थ्यमा गम्भीर जोखिम, सम्बन्धित निकाय किन मौन ?
कोइला डिपोको धुलोले स्थानीयको स्वास्थ्यमा गम्भीर जोखिम, सम्बन्धित निकाय किन मौन ? वीरगंज सिटी
उद्यमी मञ्च
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट )
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट ) वीरगंज सिटी
अघोषित पत्रकारिता नै महासंघका लागि चुनौती, युट्युबरको भीडमा हराउँदैछ वास्तविक पत्रकारिता : रुपेश सिंह (अध्यक्ष) कलर्स टीभी, एफएम र सनसनी खबर Episode-8
अघोषित पत्रकारिता नै महासंघका लागि चुनौती, युट्युबरको भीडमा हराउँदैछ वास्तविक पत्रकारिता : रुपेश सिंह (अध्यक्ष) कलर्स टीभी, एफएम र सनसनी खबर Episode-8 वीरगंज सिटी
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7 वीरगंज सिटी
वीरगंज विशेष
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान वीरगंज सिटी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी वीरगंज सिटी
खेलकुद
बकुलिया बारा भेट्रान्सलाई ४–० ले हराउँदै वीरगंज सिटी भेट्रान्स फाइनलमा
बकुलिया बारा भेट्रान्सलाई ४–० ले हराउँदै वीरगंज सिटी भेट्रान्स फाइनलमा वीरगंज सिटी
च्याम्पियन्स लिगमा रोनाल्डो सर्वाधिक गोलकर्ता, मेसी दोस्रो स्थानमा
च्याम्पियन्स लिगमा रोनाल्डो सर्वाधिक गोलकर्ता, मेसी दोस्रो स्थानमा वीरगंज सिटी
जनगुनासो
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो |
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो | वीरगंज सिटी
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ निक्की नेपाली
मनोरञ्जन
दसैंमा घरमै बसेर हेर्न सकिने ६ नेपाली फिल्म, युट्युबमा उपलब्ध
दसैंमा घरमै बसेर हेर्न सकिने ६ नेपाली फिल्म, युट्युबमा उपलब्ध वीरगंज सिटी
प्रकाश सपूत किन बन्न खोज्दैछन् शाहरुख खानजस्तै?
प्रकाश सपूत किन बन्न खोज्दैछन् शाहरुख खानजस्तै? वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
Like us on Facebook
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP