खानेपानी मन्त्री प्रदिप यादवकाे निर्देशनमा गैरकानुनी काम नगरेको कारणले खानेपानी मन्त्रालयले सरुवा गरेको ईन्जनियर दिपेन्द्र कुमार साहले आरोप लगाएका छन् ।
सङ्घीय खानेपानी मन्त्री प्रदीप यादवका निकटलाई योजना नदिएको भन्दै सरुवा गरिएको ई. साहको आरोप छ । मन्त्री यादवका पिएदेखि कार्यकर्तासम्मले सङ्घीय कार्यालयहरूमा योजनाको चिठ्ठी पार्नका लागि दबाब दिइरहेको र गैर कानुनी दबाब नमान्दा सरुवा गरिएको उनकाे दाबी छ ।
खानेपानी मन्त्री प्रदिप यादवले काठमाडौंबाटै योजनामा हस्तक्षेप गर्दै ईन्जिनियर साहलाई आफ्नो क्वार्टरमा बोलाएर पहिलो नम्बरमा करार हटाएर नयाँ राख्न, दोश्रोमा एजाज बाबुले भनेको काम गरिदिन र तेस्रोमा ठुल्ठूला ठेक्काको काम गराउनुपर्ने निर्देशन दिएका थिए ।
७० ठाउँमा ५ सय फिटको बोरिङ्गको काम गर्नुपर्ने थियो । एकस्थानका लागि १० लाखकाे बजेट रहेकाेमा त्यो काम ४ लाख मै सकिनेसक्छ र त्यसकाे तीन चरणकाे काम गरे वापत कम्तीमा साढे तीन करोड उनका सहयोगी मार्फत मन्त्रीले पाउने हो" उनी भन्छन् । तर "भ्रष्टाचारको विषयमा मुद्दा पर्यो भने जेल भने हाकीमलाई हुने हाे" त्यसैले नक्कली उपभोक्ता समिति बनाएर आएको काम गर्न नमान्दा सरुवा गरेको ईन्जनियर दिपेन्द्र कुमार साह बताउँछन् । यसबारे एजाज बाबु भन्नेले के भन्छ, कुन याेजनामा कति कमिशन लगायतकाे विस्तृत रिपाेर्ट भिडियाेमा ...