बारा प्रहरीले कर्तव्य ज्यान र ठगी मुद्दामा फरार रहेका दुई जना प्रतिवादीलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) विजयराज पण्डितका अनुसार पक्राउ परेकाहरू फरार अभियुक्त हुन्, जसलाई खोजतलास गरी लुकिछिपि बसेको अवस्थाबाट पक्राउ गरिएको हो । प्रहरीको सक्रियतामा जिल्ला प्रहरी कार्यालय बारा तथा मातहतका प्रहरी टोलीहरूले मंगलबार उनीहरूलाई नियन्त्रणमा लिएकाे हाे ।
कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी कलैया उपमहानगरपालिका–१३ निवासी ४० वर्षीय गजेन्द्रप्रसाद यादवलाई बसतपुर प्रहरी चौकीले पक्राउ गरेको थियाे । उनले लामो समयदेखि कर्तव्य ज्यान मुद्दामा फरार रहेका थिए ।
त्यस्तै, ठगी मुद्दाका फरार प्रतिवादी सुवर्ण गाउँपालिका–८ निवासी ५२ वर्षीय राजकुमार पण्डितलाई अस्थायी प्रहरी पोष्ट चरमोहनाले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार दुवैजनामाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ ।