राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को नतिजा प्रकाशनको प्रक्रिया अन्तिम चरणमा पुगेको जनाएको छ । बोर्डका अनुसार नतिजा प्रकाशनको अन्तिम तयारी तीव्र गतिमा भइरहेको छ, तर अहिलेसम्म नतिजा सार्वजनिक गर्ने मिति भने टुंगो लागेको छैन ।
नतिजा प्रकाशनका विषयमा निर्णय गर्न बोर्डले आज बैठक बस्ने तयारी गरेको छ। यद्यपि, बैठक बस्ने समय भने तोकिएको छैन। बैठकपछि नतिजा प्रकाशनको मिति र थप विवरण सार्वजनिक गरिने अपेक्षा गरिएको छ ।
एसईई परीक्षा २०८१ सालको चैत ७ गतेदेखि सञ्चालन भएको थियो। परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेडवृद्धि तर्फ ६७ हजार ७१५ विद्यार्थी सहभागी भएका थिए। जम्मा परीक्षार्थीको संख्या ४ लाख ९९ हजार १८३ रहेको छ ।