राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आजदेखि राजधानी काठमाडौंमा घरदैलो पदयात्रा सुरु गरेको छ । पार्टी सभापति रवि लामिछानेमाथि भएको राजनीतिक प्रतिशोध को विरोधमा हस्ताक्षर संकलन महाअभियान सञ्चालन गर्ने उद्देश्यसहित काठमाडौँ जिल्ला समितिले न्यूरोड गेटबाट पदयात्रा सुरु गरेको हो ।
न्यूरोड गेटबाट सुरु भएको पदयात्रा टेबहाक, सुनधारा, लगन, चिकामुगल हुँदै इन्द्रचोक पुग्ने कार्यक्रम तय गरिएको छ । पदयात्रामा पार्टीका उपसभापति डीपी अर्याल, सांसद बिराजभक्त श्रेष्ठ लगायतका नेताहरूको सक्रिय सहभागिता रहेको छ ।
पार्टीका अनुसार यो अभियानमार्फत नागरिकबीच जानकार र समर्थन जुटाउने प्रयास भइरहेको छ । पार्टी नेतृत्वले यसलाई लोकतान्त्रिक अभ्यासविरुद्ध गरिएको हस्तक्षेपको प्रतिकार को रूपमा लिएको छ ।