सिरहा जिल्लाको अर्नमा गाउँपालिका–१ स्थित एक युवकको घरअगाडि हत्या गरिएको अवस्थामा शव फेला परेको छ ।
शनिबार बिहान स्थानीय रामसेवक महराका अन्दाजी ३० वर्षीय छोरा अजय महराको शव उनको घरअगाडि फेला परेको हो । प्रारम्भिक अनुसन्धानअनुसार कुटपिटपछि घिसारेर हत्या गरिएको देखिएको छ । मृतकको घाँटीमा लुगा बेरेको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ ।
घटनास्थलमा ठूलो संख्यामा स्थानीयको भीड लागेको छ । घटनाको जानकारीपछि जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरी टोलीले आवश्यक अनुसन्धान सुरु गरेको छ ।
सिरहा प्रहरीले घटनाको पुष्टि गर्दै अनुसन्धान अगाडि बढाइएको जनाएको छ । प्रहरी प्रवक्ता डिएसपी बिरेन्द्र पासवानले शव फेला परेको र मृत्युको कारणबारे अनुसन्धान भइरहेको जानकारी दिएका छन् ।