पर्साकाे कालिकामाई गाउँपालिकाको ११ औँ गाउँसभा सोमबार गाउँपालिकाको सभाहलमा सम्पन्न भएको छ ।
गाउँसभाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि कुल ४० करोड ८३ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाका अध्यक्ष बशिष्ठ कुमारको अध्यक्षतामा समपन्न सभाले शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार तथा सामाजिक क्षेत्रमा केन्द्रित बजेट प्रस्तुत गरेको थियाे ।
विनियाेजित बजेट अनुसार शिक्षा क्षेत्र विकास २ करोड, स्वास्थ्य सेवामा १ करोड, कृषि विकासमा १ करोड ५० लाख रूपैयाँ त्यसैगरी भौतिक पूर्वाधारमा ५ करोड, सामाजिक क्षेत्र विकासमा ५० लाख बजेट विनियाेजना गरेकाे हाे । यसैगरी वडा स्तरीय बजेट सिलीङमा ७५ लाख रूपैयाँ राखेकाे छ ।
कार्यक्रममा विभिन्न क्षेत्रका जनप्रतिनिधि, कर्मचारी तथा सर्वसाधारणको उपस्थिति रहेको थियो ।
उद्देश्य र प्राथमिकता
गाउँपालिकाका अध्यक्ष बशिष्ठ कुमारले शिक्षा र पूर्वाधारलाई प्राथमिकता दिइएको बताउँदै आगामी वर्षलाई "स्थानीय स्तरको समावेशी विकास" को वर्षका रूपमा अगाडि बढाइने बताएका थिए ।
त्यसैगरी उपाध्यक्ष राजमती बरैनीले बजेट कार्यान्वयनमा पारदर्शिता र स्थानीय सहभागिता सुनिश्चित गरिने प्रतिबद्धता व्यक्त गरेकि थिइन् । कालिकामाई गाउँपालिकाले यसपालिको बजेटमा विविध क्षेत्रलाई सन्तुलित रूपमा प्राथमिकता दिँदै आगामी विकास योजनाहरूको स्पष्ट रूपरेखा प्रस्तुत गरेको छ ।
जनताको अपेक्षा अनुसार सेवा प्रवाहमा गुणस्तर ल्याउने चुनौतीसँगै गाउँपालिका अगाडि बढेकाे प्रशासकिय अधिकृत अमित कुमार गिरीले बताए ।
भिडियाे सामाग्री