सिराहा जिल्लाको भगवानपुर गाउँपालिका–४, ठाडी बजारबाट प्रहरीले अवैध हातहतियारसहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सप्तरी जिल्लाको बलान बिहुल गाउँपालिका–२, डिगीया टोल निवासी ४५ वर्षीय जगदिश यादव रहेका छन् । ठाडी प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले ठाडी बजारमा रोकी राखिएको बा.३० प ५३१९ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा उक्त हतियार बरामद गरिएको हो । मोटरसाइकलको तलासी लिँदा एकनाले कटुवा पेस्तोल २ थान र थ्रिनटथ्री राइफलको २ राउण्ड गोली फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरीले जगदिश यादवलाई हतियारसहित नियन्त्रणमा लिई घटनासम्बन्धी आवश्यक अनुसन्धान अघि बढाएको जानकारी दिएको छ ।
भिडियाे सामाग्री