सङ्घीय संसद्मातहतका चारवटा स्थायी समितिहरूको बैठक आज तोकिएको समयअनुसार बस्दैछन् । आज बस्ने समितिहरूमा कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, विधायन व्यवस्थापन समिति र सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति रहेका छन् ।
कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति
समितिको बैठक दिउँसो १२ः३० बजे समितिको कार्यकक्षमा बस्नेछ । बैठकमा ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२’ का सन्दर्भमा सरोकारवाला निकायहरूसँग छलफल हुने कार्यसूची छ । छलफलमा संघ र प्रदेशका सम्बन्धित मन्त्रालय, नेपाल नगरपालिका संघ, गाउँपालिका राष्ट्रिय महासंघ नेपाल, भूमि, वन तथा कानुन क्षेत्रका विज्ञहरूको सहभागिता रहनेछ ।
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति
समितिको बैठक दिउँसो २ः३० बजे बस्नेछ। बैठकमा ‘मिडिया काउन्सिल विधेयक, २०८०’ माथि दफावार छलफल गरिनेछ ।
विधायन व्यवस्थापन समिति
समितिको बैठक अपराह्न १ः०० बजे समितिको कार्यकक्षमै बस्नेछ। बैठकमा ‘जलस्रोत विधेयक, २०८१’ सम्बन्धी दफावार छलफल हुने कार्यसूची तय गरिएको छ ।
सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति
यस समितिको बैठक बिहान ११ः०० बजे समितिको कार्यकक्षमै बस्नेछ। बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतका राष्ट्रिय गौरवका आयोजना सम्बन्धी प्रगति, समस्याहरू, समाधानका प्रयास र समितिसँगको अपेक्षाबारे छलफल गरिनेछ ।