प्रहरीले रौतहट र महोत्तरीमा करिब १८ किलो अवैध लागूऔषध गाँजा बरामद गरी दुई जनालाई पक्राउ गरेको छ ।
रौतहटको चन्द्रनिगाहापुर नगरपालिका–४ धनसारबाट बारा निजगढ नगरपालिका–१२ बस्ने ३४ वर्षीय दिपक थिङलाई आइतबार दिउँसो ९ किलो ७५० ग्राम गाँजासहित इलाका प्रहरी कार्यालय चपुरबाट खटिएको टोलीले पक्राउ गरेको हो । प्रहरीले ना.८० प ९८९३ नम्बरको मोटरसाइकलमा सवार थिङलाई चेकजाँच गर्ने क्रममा उक्त गाँजा बरामद गरेको जनाएको छ ।
यसैगरी, महोत्तरीको औरही नगरपालिका–९ टिमकिया बस्ने ५५ वर्षीया राम कुमारी देवी यादवलाई आइतबार राति ८ किलो ८ सय ग्राम गाँजासहित इलाका प्रहरी कार्यालय रामगोपालपुरबाट खटिएको टोलीले पक्राउ गरेको हो। प्रहरीले यादवको घर तलासी गर्ने क्रममा गाँजा फेला पारेको जनाएको छ ।
पक्राउ परेका दुवैजनामाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
भिडियाे सामाग्री