सिरहा । सिरहा र सप्तरीको सीमामा पर्ने बलान नदीमा डुबेका एक बालक मृत अवस्थामा फेला परेका छन् ।
सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–३, परियारपुरका १४ वर्षीय घनश्याम यादव सोमबार बिहान बलान नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका थिए। मृतक यादव शिवकुमार यादवका छोरा हुन् ।
हुलाकी राजमार्गअन्तर्गत बलान नदीको पुल छेउमा डुबेका बालकको खोजी नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीले गरेको भए पनि सोमबार भेटिएका थिएनन् ।
मंगलबार बिहान करिब ११ः३० बजे बर्दिबासबाट आएको गोताखोर टोलीले पुलभन्दा करिब ५० मिटर दक्षिणतर्फ नदीभित्र डुबिरहेको अवस्थामा बालकलाई मृत फेला पारेको ईलाका प्रहरी कार्यालय, लहानका प्रमुख डीएसपी कैलाश राईले जानकारी दिए ।
उक्त घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।