सप्तरीको तिलाठी–कोइलाडी गाउँपालिका–७ वभनगामा नवनिर्मित कल्भर्टको पर्खाल भत्किएको छ ।
जण्डौल–कुशहा सडकअन्तर्गत वभनगामा ग्रामदेवता डिहिवार थानदेखि कट्टीसम्म ढलान गरिएको सडकको कल्भर्ट दुई महिना नपुग्दै भत्किएको हो । नेपाल सरकारको शहरी विकास मन्त्रालय, स्थानीय पूर्वाधार विकास विभाग, स्थानीय पूर्वाधार विकास आयोजना मधेस प्रदेश कार्यालयको अन्तर्गत निर्माण गरिएको उक्त कल्भर्टको एकतर्फी पर्खाल सामान्य वर्षाको पानी मै भत्किएको स्थानीयले बताएका छन् ।
संघीय सरकारको ४० लाख ८७ हजार ३७६ रुपैयाँ लागतमा निर्माण गरिएको उक्त कल्भर्ट तथा सडकमा गुणस्तरहीन सामग्री प्रयोग गरिएको कारणा भत्किएकाे स्थानीयको आरोप छ । माटो, ग्राभेल, ढलान र कल्भर्ट माथि इटाको पर्खालसहित ४ मिटर चौडाइ र ३३१ मिटर लम्बाइको पक्की ढलान सडक निर्माणको जिम्मा ॠद्वीसिद्वी कन्स्ट्रक्सन बुढीगंगा–७, मोरङले पाएको थियो ।
स्थानीयका अनुसार कल्भर्ट निर्माणमा दुई नम्बर इट्टाको प्रयोग र मापदण्ड विपरीत सिमेन्ट सहितका निर्माण सामग्री प्रयोग गरिएको छ । पूर्वाधार विकास कार्यालय र निर्माण कम्पनीबीचको मिलेमतो र अनियमितताका कारण कमजोर संरचना बनेको उनीहरूको आरोप छ ।
भिडियाे सामाग्री